काठमाडौं । नइ प्रकाशनले विभिन्न क्षेत्रमा चर्चित नौजना व्यक्तित्वलाई २०७९ सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको गरेको छ । नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
नइका सदस्यसचिव नरेन्द्रराज प्रसाईंका अनुसार डा.भेषबहादुर थापालाई ‘नइ कीर्तिनिधि पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ । यस्तै, पश्चिमाञ्चल क्षेत्रमा उच्च शिक्षाको थालनी र संवद्र्धनका लागि आजीवन समर्पित पोखराका प्रा.जर्ज जोनलाई ‘नइ भूपालदुर्गा पुरस्कार’ समर्पण गरिने भएको छ ।
प्रकाशनले वरिष्ठ प्रसूति विशेषज्ञ डा. सरस्वती पाध्येलाई ‘नइ भावि पुरस्कार’, मोहनबहादुर शाहीलाई ‘नइ भाजप पुरस्कार’, कृष्णगोपाल रञ्जितलाई ‘नइ यउजा पुरस्कार’, हरिहर विरहीलाई ‘नइ देरुनिख सुकीर्ति पुरस्कार’, विश्वप्रेम अधिकारीलाई ‘नइ धनरूप पुरस्कार’, कमल रिजाललाई ‘नइ चन्द्रधन पुरस्कार’ र श्रीओम श्रेष्ठलाई ‘नइ ईश्वरवल्लभ पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको जनाइएको छ । यी सबै पुरस्कारका राशि जनही एक लाख रुपैयाँ रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच