पेरोल साहित्य प्रतिष्ठानद्वारा हाइकु विशेष कार्यक्रम

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिव प्रा।जगतप्रसाद उपाध्यायले साहित्यमा हाइकुको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । पेरोल साहित्य प्रतिष्ठान, नेपालको आयोजनामा काठमाडौंको थापागाउँमा आयोजित नव वर्ष २०८० को अवसरमा शुभकामना आदन प्रदान तथा हाइकु विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली साहित्वको विकासमा साहित्यकारले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

प्रा।जगत् उपाध्याय ‘प्रेक्षित’ले हाइकुलाई नेपाली माटो सुहाँउदो बनाउँदै जानुपर्नेमा जोड दिनुभयो । उक्त कार्यक्रममा वरिष्ठ अतिथि प्राडा। रामकुमार पाँडेले हाइकु विश्व कविता भएकाले नेपाल लेखनमा उर्वर भूमि भएको बताउनुभयो । यस्तै वरिष्ठ अतिथि प्रा।पुस्कार लोहनीले नेपालमा हाइकुको प्रवेशसँगै विकासको यात्रामा लागिरहेको जिकिर गर्नुभयो ।

सो कार्यक्रमा अतिथि प्राज्ञ चेतनाथ धमाला, गंगा लिगल, मोहनबहादुर कायस्थ, दिल पौडेल, चन्द्रकला शाह र ललिता ‘दोषी’लगायतले मन्तव्यसहित हाइकु वाचन गर्नुभएको थियो । बैरागी जेठाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथिले व्यानर पढेर गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?