काठमाडौं विश्वको प्रदूषित शहरको ‘टप फाइभ’ मा

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौं उपत्यका वायु प्रदूषणका हिसाबले विश्वका सबैभन्दा प्रदूषित शहरहरूको सूचीमा टप फाइभमा परेको छ ।

विश्वका १०१ शहरको रियल टाइम प्रदूषण मापन गर्ने आइक्यु एयर नामक संस्थाका अनुसार काठमाडौं शनिकार साँझ विश्वकै पहिलो शहर बनेकोमा आइतबार बिहान चौथो प्रदूषित सहर बनेको छ ।

वायुको गुणस्तर सूचकांक (एक्युआईं मा अहिले काठमाडौंको १८५ छ । प्रदूषणको हिसाबले आइतबार सूचीको पहिलो स्थानमा थाइल्याण्डको च्याङमाइ शहर रहेको छ ।

हाल च्याङमाइको एक्यूआइ २३० छ । यस्तै दोस्रो स्थानमा बंगलादेशको ढाका सहर छ । तेस्रो स्थानमा भारतको दिल्ली र पाँचौ नम्बरमा थाइल्याण्डको बैंकक रहेको छ ।

वायु प्रदूषणले जनस्वास्थ्यमा पार्ने प्रभावको हिसाबले शून्यदेखि ५०० सम्म विभिन्न तहमा विभाजन गर्दा २०१ देखि ३०० सम्मको एक्युआईलाई वैजनी रङ दिइएको छ । यो मानव स्वास्थ्यका लागि अत्यन्त अस्वस्थकर तह हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?