नेपालगञ्ज । राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले नेपालगञ्ज रंगशालामा सिन्थेटिक ट्र्याकको आइतबार शिलान्यास गर्नुभएको छ । सिन्थेटिक ट्र्याक निर्माणको जिम्मेवारी पञ्चकन्या/सिन्कोट्स, कुपण्डोल, ललितपुरले पाएको छ ।
सम्झौताअनुसार पञ्चकन्या/सिन्कोट्सले १० महिनामा निर्माण कार्य सम्पन्न गर्नुपर्नेछ । सिन्थेटिक ट्र्याकको लागत ११ करोड ६४ लाख ६४ हजार १४० रुपैयाँ ३९ पैसा रहेको छ । यही नेपालगञ्ज रंगशालामा आठौँ राष्ट्रिय खेलकुदको उद्घाटन, समापन र फुटबल खेल भएको थियो ।
सिन्थेटिक ट्र्याकको शिलान्यासपछि सदस्य-सविच टंकलाल घिसिङले नेपालगञ्ज रंगशाला हातामा रहेको पौडी पोखरीलगायत अन्य पूर्वाधारको निरीक्षण पनि गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले लुम्बिनी प्रदेश एथलेटिक्समा इतिहास बोकेको प्रदेश भएको बताउँदै एथलेटिक्स खेलाडी उत्पादनका लागि उर्वर प्रदेश भएको धारणा व्यक्त गर्नुभयोे । उहाँले निर्माण सम्पन्न गर्ने अवधि १० महिना रहेकाले जिम्मेवारी पाएको संस्थाले समयमै निर्माण सम्पन्न गर्ने विश्वास व्यक्त गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच