सिन्धुली । सुनकोसी गाउँपालिकाले किसानलाई बाँदर धपाउने बन्दुक दिएको छ । जंगली बाँदरले बस्तीमा पसेर आतंक मच्चायपछि बाँदर धपाउन बन्दुक वितरण गरेको हो ।
गाउँपालिकाले महावीर पुनको ‘राष्ट्रिय आविष्कार केन्द’ बाट तीन वटा बन्दुक परीक्षणको लागि ल्याएको थियो । दुई वटा बन्दुक रामटार र परेवा डाँडाका दुई जना किसानलाई सोमबार वितरण गरिएको अध्यक्ष दिपा बोहोरा दाहालले बताउनुभयो ।
“यसको प्रभावकारीता हेरेर सोही आधारमा आगामी वर्ष बजेटनै छुट्याएर थप बन्दुक ल्याएर किसानलाई वितरण गर्ने योजनामा छौँ,’ उहाँले भन्नुभयो ।
गाउँपालिकाले प्रतिगोटा बन्दुक तीन हजार एक सय र बारुद तीन सय रुपैँयाँमा खरिद गरेको प्रशासकिय अधिकृत अर्जुन दर्जीले जानकारी दिनुभयो । उहाँकाअनुसार बाँदर धपाउने बन्दुक प्लाष्टिकको पाइपबाट बनेको छ । यसमा पड्काउने ढुंगा पानीमा घोल्नु पर्छ । त्यसपछि ग्याँस जलाउने लाइटरले बालेपछि ठूलो आवाज आउने र बादर तर्सेर भाग्ने उहाँले बताउनुभयो ।
सिन्धुलीको माहाभारत तथा चुरे क्षेत्रका मानव बस्तीमा जंगली जनावरहरूले आतंक मच्चाएका छन् । बाँदरले खेतबारीमा लगाएको मात्रै होइन, किसानले घरमै भित्त्राएको अन्नबालीमा समेत क्षति पुर्याउँदै आएका छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच