१६ हेक्टर मार्सीधान फल्ने खेतको कुलो निर्माण

हिमालय टाइम्स
Read Time = 5 mins

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–१ मा रहेको रानी ज्यूलोमा कुलो निर्माण गरिएको छ । बढीले रानी कुलो बगाएपछि खेतियोग्य जमिन सिचाईको लागी रानीकुलो निमार्ण गरिएको हो ।

२०७८ कात्तिक महिनामा आएको बाढी पहिरोबाट रानि ज्यूलो सहित तातोपानीको ग्रिरीखोला र तिला गाउँपालिकामा भेरीखोलाको बाढीले अधिंकास सिचाइ कुलो बगाएको थियो । जुम्लामा धेरै सिँचाई कुलाहरू बगेर जानुका साथै खेतियोग्य जमिनमा सिचाईको लागि समस्या भएको थियो । तर जुम्लाको पहिचानको रुपमा रहेको कालिमार्सी धान रोप्ने समय आएकाले कृषि विकास कार्यालयले केही कुलोहरू निर्माण गरेर रोपाई सुचारुसमेत भएको छ ।

त्यस्तै तातोपानी–१ अन्तर्गत पर्ने रानी ज्यूलोको कुलो बाढीले वगाएको स्थानको आरसिसि गरेपछि संचालनमा आएको छ । कृषि विकास कार्यालयको सात लाख र स्थानीयको एक लाख श्रमदानमा उक्त कुलो निमार्ण गरिएको कार्यालय प्रमुख गणेश अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, बाढीले बगाएको स्थानमा ४१ मिटर आरसिसि र अन्य काम गरेपछि पानी ल्याएर रोपाई भएको छ । प्रमुख अधिकारीले विपतले बगाएको रानी ज्यूलाको कुलोमा तत्कालका लागि प्रदेश सरकारको सहयोगबाट ४१ मीटर आईरसिसि, ४० वटा ग्याविन र अन्य काम गरेपछि रोपाई सुचारु भएको छ । उहाँले भन्नुभयो, ‘कुलो पुरै आरसिसि तथा वाधनिर्माण गर्न ठूलो योजना आबश्यक भएको छ ।

उहाँका अनुसार त्यो स्थानमा बर्खायाममा नदीले अझै कटान गर्न सक्ने भएकाले धेरै ग्याविन सहित अन्य थप निर्माण आवश्यक रहेको छ । त्यस्तै रानिज्यूलोमा करिब, १६ हेक्टर मार्सीधान फल्ने खेत रहेका स्थानीय उपभोक्ता समितिका अध्यक्ष कलबहादुर कठायतले बताउनुभयो । उहाँले बिपतले धान रोप्न नपाईने होकि भन्ने चिन्ता थियो । यस पटक किसानका लागि राहत भएको छ ।

यस्तै जिल्ला कृषि विकास कार्यालय जुम्लाले बाढीले बगाएको तातोपानी–१ कै वाईराकाको १०० मिटर कुलो पुर्ननिर्माणका लागि काम भईरहेको छ । कृषि विकास कार्यालयका सवईन्जिनियर महेश बुढ्थापाले तिला गाउँपालिका–४ नुवाकोटमा पनि बाढीले बगाएको वालुदेखि चौसिला आरसिसि १२३ मिटर कुलो आरसिसि निर्माण भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सो कुलो धेरै बनाउनु पर्ने आवश्यक रहेको छ । उहाँका अनुसार बाढीले जुम्लाका सिचाई योजना तथा आरसिसि कुलो ६० वटा भन्दा बढी स्थानमा निर्माण भइरहेका छन् ।

त्यस्तै तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले रानी ज्यूलोमा रहेको कुलोको अवस्थाको अवलोकन गर्नुभएको छ । उहाँले कुलोलाई वलियो नबनाएमा बर्खाको पानीले समस्या पार्ने भएकाले बलियो बनाउन आवश्यक रहेको बताउनुभयो । यता वडा नम्बर २ का अध्यक्ष चन्द्रमान बुढाले तत्कालको आरसिसि कामले रोपाई हुने भएको बताउनुभयो । उहाँले कृषि विकास कार्यालयलाई आभारसमेत ब्यक्त गर्नुभयो । २०७८ साल कात्तिकमा आएको बाढीले धेरै तातोपानी र तिलाका मार्सीधान रोप्ने खेतसहित कुलाहरू बगाएको थियो । कृषि क्षेत्रमा ठूलो क्षति पुगेको समयमै कृषि विकास कार्यालयले मलम लगाउन शुरु गरको भन्दै किसान खुशी भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?