बलात्कार आरोपित बुढा फरार, स्थानीयले गरे प्रहरी टोलीमाथि आक्रमण

मान बहादुर बिश्वकर्मा कालिकोट, संवाददाता
मान बहादुर बिश्वकर्मा कालिकोट, संवाददाता
Read Time = 3 mins

कालीकोट । कालीकोटको पलाँता गाउँपालिका–६ सैनमा बलात्कार आरोपमा फरार रहेका एक अभियुक्तलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमण भएको छ ।

पलाँता गाउँपालिका-६ सैनका ३१ वर्षीय संक बुढालाई प्रकाउ गर्न गएको प्रहरी टोलीमाथि गाउँलेले आक्रमण गरेको हो ।

बुढाले २०७९ असोज ३१ गते गाउँकै एक दलित महिलालाई बलात्कार गरेका थिए । बलात्कार पछि पीडित परिवारले कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालय कालीकोटमा किटानी जाहेरी दिएको थियो ।

त्यसयता फरार रहेका बुढा घरमा आएको जानकारी पाएपछि सोमबार बिहान करीब ४ बजे उनलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय पलाँताका असई लक्ष्मी ढुंगेल सहित ४ जना प्रहरीको टोली सैन पुगेको थियो ।

प्रहरी पुग्दा घरमै सुतिरहेका बुढालाई प्रहरीले हत्कडी लगाएर जिल्ला सदरमुकाम मान्म लिँदै गर्दा गाउँलेले प्रहरीमाथि आक्रमण गरेर अभियुक्त बुढालाई भगाएको प्रहरीले बताएको छ ।

सोमबार बिहान साढे ६ बजे बुढालाई प्रहरीले नियन्त्रणमा लिएर सदरमुकाम लिँदै गर्दा स्थानीयले प्रहरी र पीडित महिलाका परिवारमाथि आक्रमण गरेका हुँन् ।

आक्रमणबाट इलाका प्रहरी कार्यालय पलाँताका असई लक्ष्मी ढुंगेल रावत र अर्का स्थानीय धनमान बिक घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक शुवराज बमले जानकारी दिनुभएको छ ।

घाइते दुबै रको अहिले स्थानीय स्वास्थ्य चोेैकीमा उपचार भइरहेको बताइएको छ । घाइते बिकको अबस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

घाइते दुबैलाई हेलिकप्टर मार्फत उद्दारको तयारी भइरहेको पनि खबर प्राप्त भएको छ । घाइतेको उद्दनरका लागि गृह मन्त्रालयमा हेलिकप्टर पठाइदिन पत्राचार गरिएको कालीकोटका निमित्त प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले जानकारी दिनुभएको छ ।

बलात्कार आरोपित अभियुक्त बुढा हत्कडी सहित फरार रहेका छन् । उनको खोजि कार्यका लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी चोेैकी पलाँताबाट थप प्रहरीको टोली खटाइएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?