भारतमा नेपाली चलचित्र ‘परस्त्री’ प्रदर्शनमा आउने

Read Time = 3 mins

चलचित्र ‘परस्त्री’ भारतका सिनेमाघरमा प्रदर्शनमा आउनेभएको छ । भारतको पिभिआर सिनेमाज कम्पनीले हिन्दी भाषामा डबिङ गरिएको ‘परस्त्री’ थिएटर रिलिज गर्न लागेको हो । पिभिआरले पाँच सयवटा थिएटरमा ‘परस्त्री’ रिलिज गर्न लागेको निर्देशक सुरज पाण्डेले जानकारी दिनुभयो । ‘पिभिआरले पाँच सयवटा हलमा रिलिज गर्छु भनेको छ । तर, हामीले योभन्दा धेरै हलमा रिलिज गर्न भनेका छौं’, सुरजले भन्नुभयो ।

सिनेमा भारतमा असार १५ गते रिलिज हुनेछ । ‘परस्त्री’को हिन्दी डबिङ भइसकेको छ । चलचित्रको डिष्टिब्युटर कट, ट्रेलर र पटोष्टर हेरेर पिभिआरले सिनेमाको हल रिलिज गर्ने निर्णय गरेको हो । ‘हामीले सिनेमा बेच्ने योजना बनाएका छौं ।

हामीले यो प्रस्ताव पनि गरेका हौं’, सुरजले भन्नुभयो, ‘तर, उनीहरूले सिनेमा हेरेपछि मात्रै किन्ने अथवा शेयरमा बस्ने निर्णय गर्दो रहेछ । केही दिनमा हामी पुनः मुम्बई जाँदै छौं । त्यसपछि उनीहरूले हेरेर यसबारे निर्णय हुनेछ ।’
‘परस्त्री’ले हिन्दी भाषामा दुईवटा गीत रेकर्ड गर्नेछ । गायिकामा सोनल प्रधान फाइनल भइसक्नुभएको छ । मेल भोकलका लागि भने गायक फाइजल हुन बाँकिरहेको सुरजले जानकारी दिनुभयो । यसराज फिल्मस कम्पनीले यसको जिम्मा लिएको छ । गत शुक्रबार ‘परस्त्री’को पोष्टर बलिउड ट्रेड एनलाइसिष्ट तरण आदर्शले सार्वजनिक गर्नुभएको थियो । सुरज पाण्डेले निर्देशन गरेको चलचित्रको पोष्टर तरणले ट्विटरमार्फत सार्वजनिक गर्नुभएको थियो ।

शर्मिला पाण्डेले निर्माण गरेको चलचित्रको कथा दीपेन्द्र के खनालले लेख्नुभएको हो । चलचित्र नेपालमा पनि असार १५ गतेदेखि सिनेमाघरमा ल्याउने तयारी गरिएको छ । चलचित्रमा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्मालगायत कलाकारको अभिनय छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?