वैदेशिक रोजगारीमा ठगी बढ्दै

युएईको रोजगारी भन्दै एजेण्टले ओमान पुर्‍याएर १२ लाखमा बेचे

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 7 mins

रमेश भारती/हिटा
काठमाडौं । श्रीमानले छाडेपछि इलामकी सन्तुका राई (नाम परिवर्तन) वैदेशिक रोजगारीमा जाने सोच बनाएर एकजना एजेण्टको सम्पर्कमा पुग्नुभयो । इलाममा सानो चिया पसल चलाउँदै आउनुभएकी उहाँलाई इलामकै शुक्रराम लिम्बूले युएईमा हस्पिटलको रोजगारीमा पठाइदिने प्रलोभन देखाएर राहदानी लिए । राहदानी लिएको दुई महिनापछि भिसा लाग्यो भनेर एजेन्टले काठमाडौं बोलाएर २० दिन होटलमा राखेको उहाँ बताउनुहुन्छ ।

मलाई एजेण्टले युएई लैजान्छु भनेर ओमान पु¥याएको राईले हिमालय टाइम्ससँग बताउनुभयो । नेपालबाट भिजिट भिसामा युएई हुँदै एजेण्टले ओमान लागेर बिक्री गरेको उहाँको आरोप छ । ‘२१ माघमा भिजिट भिसामा युएई हुँदै ओमान पुर्‍याए । त्यहाँ केही दिन कम्पनीमा राखेर एजेण्टहरूले ओमानी घरमालिकलाई बिक्री गरे । तीन हजार पाँच सय ओमानी रियाल (करिब १२ लाख नेपाली रुपैयाँ)मा मलाई एजेण्टले बिक्री गरेपछि मात्र थाहा भयो ।’ उहाँले भन्नुभयो, ‘नेपालबाट ओमान जाँदा एजेण्टलाई दुई लाख २५ हजार रुपैयाँ बुझाएँ । त्यो रकम तिरेको रसिद एजेण्टले दिएन । अहिले ओमानमै काम गर्दै गर्नु पछि युएई नै ल्याएर काम लगाइदिउँला भनेर प्रलोभन देखायो ।’

मालिकले दैनिक २२ घण्टासम्म काम गर्न लगाएर शारीरिक तथा मानसिक शोषण गरेको उहाँले गुनासो गर्नुभयो । खानपनि राम्रोसँग नदिएको र शोषण भएपछि ती महिला बिरामी भएको बेला पनि काम लगाएको उहाँको भनाइ छ । काम नगरेपछि एजेण्टले कम्पनीमा फिर्ता गरेको थियो । त्यही क्रममा म कम्पनीबाट भागेर ओमानस्थित नेपाली दूतावासको शरणमा पुगेर स्वदेश फर्किएको राई बताउनुहुन्छ । राईसँगै अन्य सातजना रोजगारीका नाम मानव बेचविखनमा परेका महिलालाई ओमानस्थित नेपाली दूतावासको सहयोगमा वैशाख दोस्रो साता उद्दार गरी स्वदेश फकाईको छ ।

गत वैशाख २२ गते मानव बेचबिखन अनुसन्धान ब्युरोले दुईजना रोजगारीका नाममा मानव तस्कर गर्ने व्यक्तिलाई पक्राउ गर्‍यो । ब्युरोले इलामका शुक्रराम लिम्बू र सिन्धुपाल्चोकका विष्णु तामाङलाई पक्राउ गरेपछि उनीहरूले भिजिट भिसामा नेपाली महिलालाई ओमान रोजगारीको प्रलोभन देखाएर १२ लाखमा बेचेको खुलेको थियो । मानव तस्करमा सक्रिय समूहले वैदेशिक रोजगारीको प्रलोभनमा पारेर महिलालाई ओमानमा लगेर १२ लाख रुपैयाँमा बिक्री गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

ब्युरोको प्रारम्भिक अनुसन्धान प्रतिवेदनअनुसार उनीहरूले एक महिलालाई माघ १२ गते भिजिट भिसामा नेपालबाट युएई हुँदै ओमान पु¥याएका थिए । रोजगारीमा नाम धेरै महिला मानव बेचबिखनमा पर्ने गरेको ब्युरोका प्रमुख एसएसपी जीवनकुमार श्रेष्ठले बताउनुभएको छ । बिक्री भएका महिलालाई तलबसमेत दिइँदैन । त्यहाँ काम गर्दिनँ भन्दा आफूले किनेको पैसा फिर्ता दिएपछि मात्र जान दिने गरिएको ब्युरोका एसएसपी श्रेष्ठले जानकारी दिनुभयो । ‘कतिपय महिलाको दूतावासको सहयोगमा उद्दार हुने गरेको छ भने केही भागेर स्वदेश फर्कने गरेका छन् । गत चैतमा पनि केही महिलाको यसरी उद्दार गरिएको थियो’ उहाँले भन्नुभयो ।

प्रहरी र मानव अधिकार आयोगकै अध्ययनहरूमा नेपालबाट वार्षिक ११ हजार महिलाहरू रोजगारीका नाममा बेचबिखनमा पर्ने गरेको औल्याएको छ । ती अध्ययनहरूले रोजगारसम्बन्धी अध्ययनमा ३३ प्रतिशत म्यानपावर तथा एजेण्टको संलग्नता रहेको पाइएको देखाएको छ । त्यस्तै, विभिन्न संगठन, आफन्त, परिवार, आफ्नै श्रीमानलगायत व्यक्तिहरू पनि मानव बेचबिखनमा संलग्न रहेको पाइएको छ । मानव बेचबिखन तथा ओसारपसारमा सबैभन्दा बढी एजेण्ट तथा म्यानपावर व्यवसायीहरूको संलग्नता रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अध्ययनहरूले औँल्याएका छन् ।

वैदेशिक रोजगारीका नाममा बेचबिखन तथा ओसारपसारमा परेकाहरूको उजुरी वैदेशिक रोजगार विभागले नलिने, नेपाल प्रहरीमा उजुरी गर्दा पनि मानव तस्कर तथा बेचबिखनमा संलग्नहरूलाई ठगी कसुरमा मात्रै कारबाही गरिने जस्ता समस्या विद्यमान देखिएको यो क्षेत्रमा काम गर्र्दै आएका संघसंस्थाले औँल्याउँदे आएका छन् ।

रोजगारीका नाम बेचबिखन तथा ओसारपसारबाट प्रभावित भएकाहरूको न्याय पहुँचबाट बाहिर रहेको पिएनसिसीका अध्यक्ष कुलप्रसाद कार्की बताउनुहुन्छ । पछिल्लो समयमा युरोप, खाडीका देश र अफ्रिकी देशको रोजगारीका नाममा पनि महिला तस्करी हुने गरेको उहाँको भनाइ छ । यस्तै, महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समूह (एटविन)को एक अध्ययनले वर्षको अवधिमा ८६ प्रतिशत महिला र १४ प्रतिशत पुरुष बेचबिखनमा परेको देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?