श्रीराम श्रेष्ठको वाङ्मयका बाह्र स्रष्टा’ सार्वजनिक

हिमालय टाइम्स
Read Time = 2 mins

नुवाकोट । साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित लेख संग्रह ‘वाङ्मयका बाह्र स्रष्टा’ नामक कृति सार्वजनिक भएको छ । आकृति प्रकृति प्रकाशनद्वारा प्रकाशित कृतिमा श्रेष्ठले विभिन्न बाह्र स्रष्टाका बारेमा लेखेका आलेखहरूलाई संकलन गरिएको छ । ‘वाङ्मयाका बाह्र स्रष्टा’ श्रेष्ठको २५औं प्रकाशित कृति हो ।

कृतिमा वाङ्मयका पुराना साहित्यकारहरू भानुभक्त आचार्य, मोतीराम भट्ट, नरेन्द्रनाथ रिमाल, लेखनाथ पौडेल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, भीमनिधि तिवारी, सिद्धिचरण श्रेष्ठ, विश्वेश्वरप्रसाद कोइराला, गोपालप्रसाद रिमाल, गोविन्द गोठालो, विजय मल्ललगायत बाह्र स्रष्टाहरूको जीवनी र साहित्य सिर्जनाका विषयमा लेखिएका आलेखहरू समेटिएका छन् ।

नुवाकोटको विदुरमा विसं २०३१ सालमा जन्मिनुभएका श्रेष्ठको हालसम्म जीवनी संग्र्रह, कविता, समीक्षा, अनुसन्धानात्मक पुस्तकका साथै जापानिज साहित्यका हाइकु, तान्का, सिजो, कटौता, सेदोका, डोडोइट्सु, मण्डोजस्ता विधाका अधिक पुस्तक प्रकाशित छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?