सार्वजनिक-निजी साझेदारीमा दोलखा र बनेपामा इण्डोर फिल्म स्टुडियो बनाइने

Read Time = 1 min

काठमाडौं । सरकारले सार्वजनिक-निजी साझेदारीमा दोलखा र काभ्रेको बनेपामा इण्डोर फिल्म स्टुडियो बनाउने घोषणा गरेको छ । सोमबार संसद्मा आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो घोषणा गर्नुभएको हो । नेपालमा चलचित्र पर्यटनको विकास गर्ने उद्देश्यले ती फिल्म स्टुडियो निर्माण गर्ने उहाँले बताउनुभयो ।

यस्तै, साहसिक पर्यटन तथा चलचित्र पर्यटनको प्रवद्र्धन र विकास गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिने भएको छ । त्यस्तै, सरकारले बौद्धिक सम्पतिको संरक्षण र विकास विस्तारका लागि कानुन बनाउने भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले त्यसका लागि कानुन बन्ने घोषणा गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?