यस्तो छ तपाईंको जेठ २१ गते आइतबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० जेठ २१ गते आइतबार ई.सं. ४ जुन, २०२३ । तिथि- ज्येष्ठ शुक्लपक्ष पूर्णिमा, ९ः१६ बजेपछि प्रतिपदा, नक्षत्र- अनुराधा, ५ः२३ बजेपछि ज्येष्ठा, योग- सिद्ध, करण- वव, चन्द्रराशि- वृश्चिक, सूर्योदयः ५ः१०, सूर्यास्तः १८ः५५ ।

मेष : समस्या दर्शाउँदा सहयोग गर्नेहरू भेटिनेछन् ।

वृष : प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

मिथुन : जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।

कर्कट : स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ ।

सिंह : आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।

कन्या : मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्नेछ ।

तुला : दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ ।

वृश्चिक : मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्न सक्छ ।

धनु : तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ ।

मकर : सोखले खर्च बढाए पनि अतिथिको रूपमा सत्कार पाइनेछ ।

कुम्भ : प्रियजनसँग रमाइलो भेटघाट हुनेछ ।

मीन : नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?