इरानमा १२ जनालाई सामूहिक मृत्युदण्ड

Read Time = 1 min

तेहरान । इरानमा १२ जनालाई सामूहिक मृत्युदण्ड दिइएको छ । इरानको दक्षिणपूर्वमा रहेको जेलमा रहेका १२ जना कैदीलाई सामूहिक मृत्युदण्ड दिइएको हो ।

मृत्युदण्डको बढ्दो संख्याबारे चिन्ता बढिरहेका बेला लागूऔषध वा हत्याको आरोपमा दोषी ठहर भएका ११ पुरुष र एक महिलालाई अफगानिस्तान र पाकिस्तानसँगको सिमाना नजिक रहेको सिस्तान-बलुचेस्तान प्रान्तको जाहेदानको मुख्य जेलमा फाँसी दिइएको नर्वेस्थित इरान मानव अधिकारले (आइएचआर)ले जनाएको छ ।

सामूहिक मृत्युदण्ड दिइएका १२ जनामध्ये ६ जनालाई लागूऔषध र बाँकी ६ जनालाई हत्याको अभियोग लगाइएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?