दिगो पर्यटनमा युएनडिपीको जोड

Read Time = 4 mins

काठमाडौं । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडिपीका सहायक महासचिव तथा एसिया प्रशान्त क्षेत्रीय निर्देशक कान्नी वाग्नाराजासँग युएनडिपीअन्र्तगत पर्यटन बोर्डले गरेका कार्यक्रमबारेमा छलफल तथा अन्तरक्रिया आयोजना गरेको छ । सो अवसरमा युएनडिपीका सहायक महासचिव तथा एसिया प्रशान्त क्षेत्रीय निर्देशक वाग्ना राजाले बोर्डसँग युएनडिपीको पुरानो सहकार्य रहेको भन्दै दिगो पर्यटन विकासमा जोड दिन बोर्डलाई आग्रह गर्नुभयो । उहाँले पर्यटन आर्थिक विकासको महत्वपूर्ण क्षेत्र भएको भन्दै बोर्डले गरेका पर्यटन मजदुरका लागि रोजगारी सिर्जना तथा पर्यटकीय गन्तव्य विस्तार जस्ता कार्यले दिगो पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा बोर्ड अध्यक्ष महेश्वर न्यौपानेले युएनडिपीजस्ता संस्थाको सहकार्यले नेपालको पर्यटन विकासमा सकारात्मक प्रभाव पारेको बताउनुभयो । बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले नेपालमा पर्यटनको संस्थागत विकासमा युएनडिपीको लामो सयमदेखि योगदान रहेको उल्लेख गर्दै आगामी दिनमा जारी रहने विश्वास व्यक्त गर्नुभयो । पछिल्लो समय युएनडिपीको सहयोगमा सञ्चालित जीविकोपार्जनका लागि पर्यटन पुरुत्थान कार्यक्रम (एसटिएरआरपी) बाट कोरोनाबाट पर्यटन क्षेत्रमा परेको असर न्यूनीकरण गर्दै अल्पकालीन रोजगारी सिर्जना तथाा पर्यटकीय गन्तव्य विकासमा सहयोग पुगेको उहाँको भनाइ थियो । बोर्डका निर्देशक मणिराज लामिछानेले बोर्डले एसटिएलआरपी कार्यक्रममार्फत् करिब छ हजारलाई अल्पकालीन रोजगारी दिएको बताउनुभयो ।

यसैबीच युएनडिपीका सहायक महासचिव कान्नी, युएनडिपीका नेपालस्थित आवासीय प्रतिनिधि आएसान्यी मेगागन्गोडा लावे, डेपुटी आवासीय प्रतिनिधि बर्नाडो कोकोले एसटिएलआरपी परियोजनाअन्तर्गत काठमाडौंको चन्द्रगिरिमा निर्माण गरिएको फुट ट्रेल तथा साइकल टे«लको निरीक्षण गर्नुभएको छ । कार्यक्रममा युएनडिपीको टिमलाई स्वागत गर्दै चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले चन्द्रागिरि आफैंमा महत्वपूर्ण पर्यटकीय गन्तव्य रहेकोमा बोर्डमार्फत् एसटिएलआरपी परियोजनाले गरेका थप कामले नयाँ पर्यटकीय प्रोडक्ट विकास भएको बताउनुभयो । सो अवसरमा बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. रेग्मी, निर्देशक लामिछाने, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) का सचिव युविका भण्डारी, चन्द्रागिरि राइडर्स क्लबका अध्यक्ष विष्णुभक्त महर्जन, साइक्लिस्ट सुनिता भण्डारीलगायतले टे«लका बारेमा चर्चा गर्नुभएको बोर्डले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?