बलात्कार मुद्दामा आसारामकी श्रीमती र छोरीसहितलाई अदालतको नोटिस

हिमालय टाइम्स
Read Time = 2 mins

अहमदाबाद । गुजरात उच्च अदालतले २०१३ को बलात्कार मामिलामा आसारामकी पत्नी, छोरी र तीन महिला चेलाहरूलाई नोटिस जारी गरेको छ।

न्यायाधीश एवाई कोग्जे र न्यायाधीश हसमुख सुथारको इजलासले आसारामकी पत्नी लक्ष्मीबेन र छोरी भारतीबेनसहित पाँच जना महिलालाई नोटिस जारी गरेको हो। यस मुद्दामा अन्य आरोपी महिलालाई भने सफाइ दिइएको छ ।

जनवरी ३१ मा गान्धीनगर अदालतले आसारामलाई २०१३ मा एक पूर्व महिला अनुयायीले दायर गरेको बलात्कार मुद्दामा आजीवन कारावासको सजाय सुनाएको थियो। अहमदाबाद नजिकैको मोटेरास्थित आसारामको आश्रममा सन् २००१ देखि २००७ सम्म महिलालाई पटकपटक बलात्कार गरिएको थियो ।

आसारामकी श्रीमती लक्ष्मीबेन, छोरी भारती र चार जना अनुयायीलाई अपराधमा सहयोग र दुरुत्साहन गरेको आरोप लगाइएको थियो। प्रमाणको अभावमा उनलाई अदालतले सफाइ दिएको हो । मे ६, २०२३ मा राज्य कानून विभागले अभियोजन पक्षलाई उनको सफाइ विरुद्ध पुनरावेदन दायर गर्न निर्देशन दियो। सफाइ पाएका ६ मध्ये पाँचविरुद्ध पुनरावेदन परेको छ ।

आसाराम (८१) सन् २०१३ मा राजस्थानस्थित आफ्नो आश्रममा एक नाबालिग बालिकालाई बलात्कार गरेको अर्को मुद्दामा जोधपुर जेलमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?