ललितपुर । झण्डै आधा दशकदेखि ललितपुरका नेवाः समुदायभित्र संस्थागत रहेका बिभिन्न जातिय समाजहरूको अभ्यास थप संस्थागत भएको छ । यसअघि आलोपालो संयोजनको अभ्याससहित एकीकृत रहेको यल जातिय समाजलाई नेपाल कानून बमोजिम जिल्ला प्रशासनले ‘यल नेवाः समाज’का नाममा बिधिवत रूपमा स्वीकृति दिएका छन् । नेवाः समुदायका २१ जाति अब एउटै संरचना अटाउने गरी यल नेवाः समाजको विधिवत संस्थापन भएको हो ।
समाजमा कर्माचार्य, कपाली, खड्गी, चित्रकार, ज्यापू, जोशी, तण्डुकार, ताम्रकार, द्योला, नकर्मी, नापित, वाद्यकार, बाराही, बौद्ध विहार संघ, रजक समाज, रञ्जितकार समाज, राजोपाध्याय, स्यःस्यः, सिकःमी र शिल्पकार समाज आबद्ध रहेको छ ।
समाजको तदर्थ समितिको अध्यक्षमा ताम्रकार समाजका अध्यक्ष विनोद ताम्रकार, उपाध्यक्षमा स्यःस्यः समाजका सचिव न्हुच्छेबहादुर नेम्कुल, सचिवमा राजोपाध्याय समाजका अध्यक्ष सञ्जयशर्मा राजोपाध्याय, कोषाध्यक्षमा तण्डुकार समाजका अध्यक्ष शिवराम तण्डुकार, सहसचिवमा सिकर्मी समाजका अध्यक्ष विष्णुलाल सिकर्मी रहनुभएको छ । कार्यकारिणी सदस्यहरूमा जोशी समाजका अध्यक्ष दिपेशमान जोशी, शिल्पकार समाजका अध्यक्ष धर्मरत्न शिल्पकार, नापित समाजका अध्यक्ष कृष्णमाया नापित र रञ्जित समाजका अध्यक्ष तर्फबाट समुन्द्रमान रञ्जितकार रहनुभएको छ ।
समाजको सम्पर्क कार्यालय हाललाई ललितपुर महानगरपालिका-१९ स्थित इखालखुमा राखिएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरबाट संस्था दर्ताको प्रमाण ग्रहण गरेपछि संस्थाले कार्यसञ्चालन गरिसकेको छ । ‘संस्थाको उदेश्य र तदर्थ समितिको आधिकारिक भावी योजना तथा कार्यक्रमहरू सार्वजनिक गर्न हामी चाडै नै पत्रकार सम्मेलनको आयोजना गर्दैछौं,’ अध्यक्ष विनोद ताम्राकारले बताउनुभयो ।
सरकारले २०७५ सालमा प्रस्तावित गरेको गुठी विधेयक विरुद्धको आन्दोलन, २०७७ साल भदौ १८ गते रातो मच्छिन्द्रनाथ पुल्चोकबाट तान्ने क्रममा भएको झडपको घटनापछि ती संगठनलाई आ-आफ्नो जातीय संगठनको घेराभन्दा माथि उठेर सोच्नुपर्ने, संगै बस्नुपर्ने र मिलेर काम गर्नुपर्ने अवस्था उत्पन्न गराइदिएको अध्यक्ष ताम्रकारले बताउनुभयो । समाजको उद्देश्यका रुपमा ललितपुरका मूर्त र अमूर्त संस्कृति, सम्पदाको जर्गेना गर्ने, नेपाल भाषाको प्रर्वद्धन गर्ने मुख्य लक्ष्यहरू राखिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच