लमजुङ । अविरल वर्षापछि आएको पहिरोले मनाङ जोड्ने बेंसीसहर-चामे सडक अवरुद्ध भएको छ । शनिबारदेखि परेको अविरल वर्षाका कारण बेँसीसहर-चामे सडकखण्ड अवरुद्ध भएको हो ।
सो सडकखण्डको बेँसीसहर नगरपालिका-६ को खरखरे भिर, चनौटे, पुमाखोलालगायतका स्थानमा पहिरो गएको बाटो अवरुद्ध भएको छ । मर्स्याङदी गाउँपालिका-६ र ७ मा पर्ने बालुवा भन्ने ठाउँमा पहिरोसहित ठूला चट्टान आएर बाटो अवरुद्ध भएको हो ।
अवरुद्ध सडक खुलाउने प्रयास असफल भइरहेको छ । निरन्तरको वर्षाले पहिरो खुलाउन कठिनाई भइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच