काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको सुनवाइ पनि स्थगित भएको छ।
न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित गौशाला २६ की आमाको जन्ममिति दुई खालको देखिएको भन्दै प्रमाणीकरण गर्न आदेश दिएको हो।
इजलासले जन्ममिति प्रमाणीकरणपछि मात्र फैसला बहस हुने आदेश सुनाएको छ। अदालतले जन्ममिति प्रमाणीकरण प्राप्त भएको एक साताभित्र पेशी तोक्ने जानकारी गराएको छ।
लामिछानेको मुद्दा आजबाट अन्तिम बहस हुँदै फैसला हुने अनुमान गरिएको थियो।
सन्दीप पक्षले ‘गौशाला २६’ को जन्ममिति गलत भएको र उनी नाबालिग नभएको जिकिर गर्दै प्रमाण पेस गरेको थियो । त्यसरी पेस गरिएको जन्मदर्ताको प्रमाणपत्र नै नक्कली प्रमाणित भएपछि पहिलोपटक मुद्दाको सुनुवाइ हुन लागेको हो ।
यसअघि पनि धेरैपटक सुनुवाइ सर्दै आएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच