कृषि विज्ञ सुरेनको सांगीतिक मोह

गीता अधिकारी
Read Time = 11 mins

काठमाडौं । मान्छेका इच्छा र चाह अनेक हुन्छन् । एउटा क्षेत्रमा विशिष्टता हासिल गरेको व्यक्ति अर्को क्षेत्रमा पनि त्यतिकै रुचि राखेर उत्कृष्टता प्रदर्शन गरिरहेको हुन्छ । यस्तै बहुप्रतिभाका धनी हुनुहुन्छ कृषिविज्ञ सुरेन गौतम । स्कुले जीवनदेखि नै गीतसंगीत भनेपछि हुरुक्क हुने सुरेन सानैदेखिको त्यही लगावले अहिले कृषि विज्ञको दक्षता सँगसँगै गीतसंगीतको क्षेत्रमा आफ्नो अलग्गै पहिचान कायम गर्न सफल हुनुभएको छ । बुबाको पुर्खौली घर अर्घाखाँचीको खिदिम भए पनि उहाँका बुबा सरकारी जागिरे भएका कारण पाल्पामा स्थायी बसोवास गरेपछि पाल्पा जिल्लाको तानसेन बजारमा हुर्किनुभएका सुरेनले स्कुल जीवनको सोख पूरा गर्न २०६० सालमा ‘तुसारो’ बोलको गीत रेकर्ड गराउनु भएको थियो ।

आफूमा सानैदेखि गीतसंगीतप्रति लगाव भए पनि पूर्वको पाँचथर जिल्लामा बुबाआमा अनि दिदीहरूसँग बस्दा अझ बढी लगाब हुन गएको उहाँ बताउनुहुन्छ । हरेक महिना पाँचथरको सदरमुकाम फिदिममा ‘नौलो साहित्यिक बिहान’ भन्ने कर्यक्रम हुन्थ्यो जहाँ उहाँ गीत सुन्न पाइन्छ भनेर हेर्न जानुहुन्थ्यो । यो २०४५ सालतिरको कुरा हो, यो जतिबेला सुरेन ५-६ वर्षको हुनुहुन्थो । त्यति बेलानै आफूले कहिले गीत गाउने होला अरूहरूले जस्तै भन्ने लागिरहने गरेको सुरेन विगतका दिन सम्झिँदै भन्नुहुन्छ । उहाँका बुबाको पाँचथरबाट अर्घाखाँची सरुवा भयो । बुबाले ‘केटाकेटीको पढाइ बिग्रिनेभयो’ भनेर पाल्पामा स्थाई बसोवास गर्ने निर्णय गर्नुभयो । सुरेनले चार कक्षादेखि आइएसीसम्मको अध्ययन पाल्पाको तानसेनमा अध्ययन गर्नुभयो । आठ कक्षासम्म उहाँलाई धेरै पढ्न मन नलाग्ने तर गीत गाउन अनि अतिरिक्त क्रियाकलापमा भनेपछि अग्रसर हुनुहुन्थ्यो । पाल्पा-तानसेनमा त्यति बेला स्थानीय टेलिभिजन रेटिना केवल टिभी थियो । यो विसं २०५० तिरको कुरा हो ।

उहाँलाई टिभीमा देखिन खुब मन लाग्ने, गीत गाउन मन लाग्ने हुन्थ्यो । स्कुलका साथीभाई बटुलेर टिभीमा बाल कार्यक्रम आफैं बनाएर लाने र प्रत्येक शनिबार प्रसारण हुने कार्यक्रम कुरेर आफूलाई टिभीमा हेर्न बस्नुहुन्थ्यो उहाँ । कहिले बाल नाटक बनाएर खेल्ने त कैले गीत गाउनुहुन्थ्यो उहाँ । कक्षा ६ मा पढ्दा अमर तन्डुकारको ‘धेरै दिन भो तिम्रो झझल्को’ भन्ने गीत गाउँदा सबैले ‘यति सानो उमेरको मान्छेले यस्तो फिलिङमा कस्तो मीठो गीत गाउने’ भनेर स्याबासी दिएको उहाँ सम्झिनुहुन्छ ।

कृषि विज्ञका रूपमा सुरेन्द्र गौतमका रूपमा चिरपरिचत उहाँ गायन क्षेत्रमा सुरेन गौतमका नामबाट परिचित हुनुहुन्छ । गौतमका थुप्रै गीत चर्चित छन् । उच्च शिक्षामा लाग्नु परेको र अध्ययन सकेर फेरि आफ्नो पेशामा आबद्ध हुनुपरेकाले गीतसंगीतमा आफूले चाहे जति समय दिन नपाए पनि विसं २०७१ देखि उहाँ निरन्तर गीतसंगीतका क्षेत्रमा हुनुहुन्छ । उहाँका तीन दर्जन जति गीतहरू रेकर्ड भएर श्रोता/दर्शकमाझ आएका छन् ।

त्यो समय यस्तो समय थियो जतिबेला गीतसंगीतमा लाग्नु त्यति राम्रो मानिँदैन थियो । उहाँले आफू पढेको स्कुलको प्रिन्सिपलबाट धेरै गाली पनि खानुभयो ‘टिभीमा आएको अनि नपढेको’ भनेर । कक्षा आठबाट उहाँले पढाइलाई अलिक ध्यान दिन थाल्नुभयो अनि गीतसंगीतमा कम समय । जसका कारण उहाँ एसएलसीमा फष्ट डिभिजनमा पास हुनुभयो । एसएलसीपछि तानसेनमै उहाँले आइएसी पढ्न थाल्नुभयो । आइएसी पनि प्रथम श्रेणीमा उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि उहाँ चितवन रामपुरको ‘कृषि तथा पशु विज्ञान अध्ययन संस्थान’मा बिएसी एग्रिकलचर पढ्न जानुभयो । यो समयसम्म आफ्नो गीतसंगीतको लगावलाई भन्दा अध्ययनलाई प्राथमिकता दिनुभएका उहाँले रामपुर क्यामपसको प्रतिनिधि गर्दै अधिराज्यव्यापी मिष्टर एण्ड मिस ट्योलेन्टमा भाग लिन रूपन्देहीको भैरहवा पुग्नुभयो ।

त्यहाँ उपाधि जित्दै रामपुर क्याम्पसको इज्जत राख्न सफल हुनुभयो उहाँ । त्यहाँ पनि उहाँले ट्यालेन्ट राउण्डमा गीत नै प्रस्तुत गर्नुभएको थियो । प्रतियोगिताको निर्णायक मण्डलमा सुपरस्टार भुवन केसी, सञ्चारकर्मी दुर्गानाथ शर्मा, भाष्करराज कर्णिकार, गायिका लोचन भट्टराई जस्ता व्यक्तित्व रहनुभएको थियो । धेरैले उहाँको बहुमुखी प्रतिभा अनि गायनको तारिफ गरे । रामपुर क्यामपस फर्किएपछि पढाइसँगै बेलाबेला हुने सांस्कृतिक कार्यक्रममा अग्रसर हुने उहाँले २०६० सालमा घरमा खबर नगरी काठमाडौं पहिलो गीत रेकर्ड गर्नुभयो । यो गीत जब पाल्पा, चितवन, काठमाडौंका एफएम र रेडियोहरूमा बज्न थाल्यो अनि बल्ल घरमा आमा-बुबाले छोरा गायक भएको थाहा पाउनुभयो । सुरुमा त्यति खुशी नभए पनि पछि पढाइ राम्रै गरेज्ञको भएर उहाँहरू सकारत्मक नै हुनुहुन्थ्यो ।

सुरेनले पूर्ण छात्रवृत्तिमा जर्मनीको कसेल युनिभर्सिटीबाट एमएससी एग्रिकल्चर गर्नुभएको छ । उच्च अध्ययन सकेर नेपालमा रिर्टनिङ एक्सपर्टको रूपमा दुई वर्ष लोकल एनजिओमा प्रोजेक्ट म्यानेजरका रूपमा काम गर्नुभएका उहाँले एक वर्ष इन्टरनेशनल कन्सलट्यान्टका रूपमा अफगानिस्तानमा काम गर्नुभयो । त्यहाँबाट फर्किएर आएपछि नेपालको अर्को लोकल एनजिओमा सिनियर रिर्सच अफिसरको रूपमा काम गर्नुभयो र अमेरिकामा फेरि अध्ययन गर्न जानुभन्दा अगाडि करिब सात वर्ष नेपाल सरकारको कृषि मन्त्रालयको कृषि परियोजनामा विज्ञको रूपमा काम गर्नुभयो ।

कृषि क्षेत्रको विज्ञका रूपमा उहाँले आफ्ना कर्महरू अघि बढाइरहे पनि उहाँले आफूमा भएको गीतसंगीतको नशा भने कहिलै मर्न दिनुभएन । कृषि क्षेत्रको विकास र प्रगतिका लागि सक्रिय हुनेबाहेकको समय बचाएर उहाँ गीतसंगीत सिर्जना तथा गायनमा संलग्न रहँदै आउनुभइको छ भने विसं २०७१ यता निरन्तर गीतसंगीत कर्मलाई अघि बढाइरहनु भएको छ ।

कृषि विज्ञका रूपमा सुरेन्द्र गौतमका रूपमा चिरपरिचत उहाँ गायन क्षेत्रमा सुरेन गौतमका नामबाट परिचित हुनुहुन्छ । गौतमका थुप्रै गीत चर्चित छन् । उच्च शिक्षामा लाग्नुपरेको र अध्ययन सकेर फेरि आफ्नो पेशामा आबद्ध हुनुपरेकाले गीतसंगीतमा आफूले चाहे जति समय दिन नपाए पनि विसं २०७१ देखि उहाँ निरन्तर गीतसंगीतका क्षेत्रमा हुनुहुन्छ । ‘प्रनभ’ र ‘शुभ जीवन’ जस्ता दुईवटा गीति एल्बम सांगीतिक फाँटमा पस्किनुभएका उहाँका तीन दर्जन जति गीतहरू रेकर्ड भएर श्रोता÷दर्शकमाझ आएका छन् । ती गीतमध्ये ‘पिरती लरी लै’, ‘रेशमी पर्दाले छेकेन’, ‘डाँडा कुहिरोले’, ‘बा आकाश हुन’ र हालै अमेरिका पुगेर निकाल्नु भएको ‘दुई नजर’जस्ता गीत श्रोता/दर्शकको अत्यधिक रोजाइमा परेका छन् । अमेरिका पुगेर दुईवटा सांगीतिक कार्यक्रममा भाग लिनुभएका गौतम सामाजिक कार्यमा त्यतिकै सक्रिय हुनुहुन्छ । टेक्सासको डालसमा आयोजित ममता स्कुलको सहयोगका लागि उहाँले व्यस्ततालाई छोडेर सांगीतिक कार्यक्रम प्रस्तुत गर्न पुग्नुभएको थियो । कुनै पनि समाजिक कार्यमा आफूलाई संलग्न गराउनुपउँदा बेहद खुशी मिल्ने बताउनुहुन्छ । गीतसंगीतमा आफूमा अझ निखार ल्याउन विभिन्न प्रतिष्ठानबाट प्रशिक्षण लिनुभएका गौतम सांगीतिक क्षेत्रमा गुणत्मक काम गर्ने बताउनुहुन्छ । तेस्रो एल्बमका रूपमा ‘सुरसंगीत’ ल्याउने तयारीमा रहनुभएका गौतम पिएचडीको अध्ययनसँगै गीतसंगीतको प्रबद्र्धन आफ्नो प्राथमिकतामा भएको बताउनुहुन्छ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Suren Gautam
Suren Gautam
2023-07-25 4:07 am

Thank you so much Gita Jee

रिलेटेड न्युज

छुटाउनुभयो कि ?