काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा थप दुईजना चिनियाँ नागरिक पक्राउ परेका छन् । गत २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भएर बाहिरिएको ब्रेक शुभित्र लुकाएर ल्याएको ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले थप दुईजनालाई पक्राउ गरेको हो ।
राजश्व अनुसन्धान विभागले सुन बरामद गर्दै गरेको अनुसन्धानको जिम्मा अहिले सीआईबीलाई दिइएको छ । जसअनुसार सीआईबीले बिहीबार राति काठमाडौंबाट दुईजना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।
यसअघि गत बुधबार पनि सीआईबीले सुन तस्करी प्रकरणमाम चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । योसमेत सुन तस्करी प्रकरणमा २३ जना पक्राउ परिसकेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच