स्किब्स सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । आयोजक स्किब्स छैटौँ स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ । स्किब्स समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । स्किब्सले युनिकलाई पाँच-चार, द स्काइलार्कलाई छ-पाँच र इडेन ब्रिज एकेडेमी (इबिए) लाई चार-दुईले पराजित गर्‍यो ।

इबिए पनि उपविजेता हुँदै सेमिफाइनलमा पुग्न सफल भयो । सेमिफाइनलमा इबिएको भेट एन्जल्स हार्टसँग हुनेछ भने स्किब्सले वसुन्धारा नेसनल एकेडेमी (बिएनए) विरुद्ध प्रतिस्पर्धा गर्नेछ । वसुन्धारास्थित आयोजक स्किब्सकै कोर्टमा भइरहेको प्रतियोगिताको सिनियर गल्र्समा निम्स ‘ए’, हिमालय, काष्ठमण्डप, निम्स ‘बी’, भ्याली पब्लिक, आर्या, स्किब्स र एनसिसिएसले क्वाटरफाइनलमा स्थान पक्का गरे ।

सिनियर ब्वाइजमा स्किब्स ‘ए’, निम्स ‘बी’, त्रिज्योति, एचएचसिए, बिएनए, सेन्ट जोसेफ, भ्याली पब्लिक, सेब, ओडिसी इन्टरनेसनल एकेडेमी, इबिए, स्काइलार्क, महामञ्जुश्री, निम्स ‘ए’, रेडिअन्ट, ग्रिनल्यान्ड र नेपाल मोडेल प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल भए ।

प्रतियोगिताको टोखा नगरपालिका-५ का अध्यक्ष मदन गुरुङ र स्किब्सका प्रिन्सिपल अरुण केसीले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच संयुक्त उद्घाटन गर्नुभयो । प्रतियोगितामा सिनियर ब्वाइजमा २४, जुनियर ब्वाइज र स्टाफमा आठ-आठ तथा गल्र्समा १२ गरी जम्मा ५२ टिमको सहभागिता रहेको स्किब्सका बास्केटबल प्रशिक्षक सञ्जय प्रजापतीले जनाउनुभएको छ ।

स्टाफको विधा पहिलोपटक समावेश गरिएको हो । स्टाफतर्फ विजेताले १० हजार र उपविजेताले पाँच हजार नगद पुरस्कार पाउनेछन् । बाँकीमा नगद पुरस्कार राखिएको छैन । फाइनल आइतबार हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?