प्रधानमन्त्री नआएपछि संसदीय समिति बैठकबाट बाहिरिनुभयो माधव नेपाल

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकबाट बाहिरिनुभएको छ ।

अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)का बारेमा जवाफ दिन प्रधानमन्त्री शेरबहादुर देउवा नआएपछि अध्यक्ष नेपाल बैठकबाट बाहिरिनु भएको हो ।

समितिको बैठकमा पुग्नुभएका नेपाल प्रधानमन्त्री देउवा अनुपस्थिति हुने जनाएलगत्तै बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक छ भन्दै बाहिरिनुभएको हो । समितिको बैठक भने जारी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?