सरकार म आएको छु।
एकपटक आकाशमा हेर
तिमी स्वयम् आकाश त देख्ने छौ तर,
त्यो ब्रह्माण्डमा सम्म देख्ने कस्ले बनायो
आज आफुलाई पनि हेर
तिम्रो मान पद प्रतिस्ठामा कस्ले पुर्यायो
एउटै सर्ट र जुत्ता फटालेर
तिम्रो भविस्यको गोरेटो कस्ले कोर्दियो
आज त यहाँ सुशासनका कुरा हुन्छन
लोकतान्त्रिक कुरा हुन्छन
तिमिलाई प्रस्न गर्न सक्ने कस्ले बनाइदियो
तिम्रो बाबुनानिले आजपनी कापी कलम छुटाएर आउछन
हिजाेका जस्तै नाकभरी सिगान र रुञ्चे मुहार लिएर स्कुल आउँछन्
त्यो मुस्कान अहिले मुखभरी कस्ले भरिदियो
छुवाछूत बोक्सी दाइजो हटाउन भन्दै
शन्देसमुलक व्यबहार कस्ले सिकाइदियो
हो तर आज सबै भुलेर होच्याउँदै छौ
फाटेको जुत्ता गलेको शरीर र दुखको त्यो मलिन अनुहार शिक्षकको हेरेर तिमी खुसी बस्छौ ?
तिम्रा हरेक पुस्ताको भविस्य तिनै शिक्षकको हातमा छ
भने तिमी अजै किन खुट्टा कमाउछौ
जो तिम्रो सन्तानको भविस्यदाता हो
उसैको भविस्य अन्धकार भएको
असुरक्षित भएको
प्रश्नैप्रश्न भएको मलिन अनुहार
हेरिराख्छौ?
बोल अब यत्ती भावना मनमा साक्षी राखी
जस्ले तिम्रो नाकको सिगान पुछ्ने
देखि रास्टको भविस्य निर्माता सम्म निर्माण गर्न
जीवन आहुती दिएको छ
उसैलाई भाचिनलागेको खम्बा जस्तो
घर बनाउन चाहन्छौ
एक पटक आफैलाई आफ्नै आत्मलाई साक्षी राखेर प्रस्न गर
के शिक्षकहरुको पेसागत सुरक्षा हकहितमा
तिमी पनि बोल्नुपर्दैन?
विद्यार्थीले पनि बुझ अभिवावक पनि बुझ सरकार पनि बुझ म मेरो लागि मात्रै हैन सबैको हितको लागि लडेको हुँ
म मैन हुँ म तिमी अँध्यारो हौ
म तिमिलाई उज्यालो देखाउन म वत्ती हुनपर्छ
म मैनवत्ती बन्न मसंङै धागोको रुपमा सरकार हुनुपर्छ मलाई जुझारु गराउन आगोको रुपमा अभिभावक हुनुपर्छ
र म जल्न तयार हुनुपर्छ
म उज्यालो दिन तयार हुनुपर्छ
अनि म एक्लै सडकमा तिम्रो भविस्यको खोजीमा टहलेको छु तिम्ले मेरो फाटेको जुत्ता हेरौ र आँखा सन्कायौँ
म फाटेकै मन लिएर यतिका बर्षसम्म तिम्रो बुबाआमाको सपना सिलाइरहे
आज म यत्ती फाटेको छु
म आफ्नो अस्मिता जोगाउन
आफुलाई लिएर मलम लिन आएको छु
सरकार तिमिले दिएको आश्वासन जुटाउन
म सडक आएको छु
न तिमी भेट हुन्छौ न ढोका खुल्छ
सरकार म आएको छु!
- सुजन गैह्रे
यो सामाग्री हाम्रा पाठकले पोस्ट गर्नु भएको हो । यसमा हामीले शुद्धाशुद्धी तथा भाषागत त्रुटीलाई हेरेका छैनौं । यसबाट पर्न गएको असुविधाप्रति क्षमा गर्नुहोला । – सम्पादक
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच