-राजकुमार कार्की
ओखलढुंगा । जबरजस्ती करणी गरेको आरोपमा सुनकोशी गाउँपालिका वडा नं–१० का वडा अध्यक्ष छविरमण धमला पक्राउ परेका छन् । जागिर लगाईदिने प्रलोभन देखाई जबरजस्ती करणी गरेको महिलाको उजुरीका आधारमा पक्राउ गरिएको हो ।
आफूलाई जबरजस्ती करणी गरेको भन्दै असोज ५ गते जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा जाहेरी दरखास्त दिनुभएको थियो । जाहेरी दर्ता भएपछी धमला फोन स्वीच अफ गरेर फरार रहेको प्रहरीले जनाएको थियो । फरार अभियुक्त धमला मंगलबार सिद्धिचरण नगरपालिका बाट पक्राउ गरिएको जिल्ला प्रहरीले कार्यालयका सुचना अधिकारी बलिस्टार सिँहले जानकारी दिनुभयो । ९ गते मंगलबार नै सम्मानित जिल्ला अदालत ओखलढुंगाबाट हिरासतमा राखी अनुसन्धान गर्न ७ दिनको म्याद जारी भएको छ । अदालतको आदेश अनुसार अभियुक्त अध्यक्ष धमलालाई हिरासतमा राखी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
सोही वडाकी २५ वर्षिय पिडित महिलाका श्रीमान रोजगारीको सिलसिलामा विदेशमा रहनु भएको थियो । श्रीमान विदेश भएको मौका छोपी अध्यक्ष धमलाले जबरजस्ती करणी गरेको महिलाले बताउनु भएको छ ।
अध्यक्ष धमलाले जागिर लगाइदिन्छु भनेर होटलमा बोलाई जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरिएको छ । अहिले पिडीत महिलाका श्रीमान घरमा आइसक्नु भएको परिवारले जनाएका छन् । धमला गत स्थानिय चुनावमा नेकपा एमालेको तर्फबाट वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच