गुगलका सह-संस्थापक सर्गी ब्रिनद्वारा पत्नीसँग ‘पारपाचुके’का लागि निवेदन

Read Time = 1 min

न्यूयोर्क । गुगलका सह-संस्थापक तथा विश्वका सबैभन्दा धनी व्यक्तिका सूचीमा छैटौं स्थानमा रहन सफल सर्गी ब्रिनले आफ्नी पत्नी निकोल स्यानाहृयानसँग सम्बन्ध विच्छेदका लागि अदालतमा निवेदन दर्ता गराउनुभएको छ । उहाँहरूबीच वैवाहिक जीवन सुरु भएको तीन वर्षमात्रै भएको छ भने एक-दुई वर्षकी छोरी रहेकी छन् ।

उहाँले गत जनवरीको सुरुमै पारपाचुकेका लागि पहल थाल्नुभएको थियो । ब्रिनले आफूहरूबीच आपसी मतभेदहरू रहेको बताउनुभएको थियो । ब्रिनले आफ्नी दुई वर्षकी छोरीलाई संयुक्त रूपमा साथमा राख्न पाउँ भनी अनुरोध गर्नुभएको छ ।

उहाँले यसका लागि स्यानाहृयानको पत्नीको रूपमा सहयोग नचाहिने र उहाँलाई पनि आफूबाट त्यस्तो सहयोग नदिइयोस् भनेर अनुरोध गर्नुभएको छ । दुवैले आफ्ना मुद्दा अघि बढाउन निजी तथा अस्थायी न्यायाधीशको व्यवस्था गर्नुभएको छ । ब्लुम्वर्गका अनुसार ४८ वर्षीय ब्रिनको सम्पति ९४ अर्ब अमेरिकी डलर बराबर छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?