काठमाडौं । नेपाल डेरी एसोसिएसनले दुग्ध व्यवसायीलाई भूकम्प प्रभावितको खोज, उद्धार र उपचार कार्यमा स्थानीय प्रशासनसँग सहकार्य गरेर सक्रियतापूर्वक सहयोग गर्न आहृवान गरेको छ ।
विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै एसोसिएसनले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
साथै भूकम्प प्रभावित क्षेत्रका दुग्ध उद्योग, दुग्ध सहकारी संघ, दुग्ध व्यवसायीलाई खोज, उद्धार र उपचार कार्यमा स्थानीय प्रशासनसँग सहकार्य गरेर सक्रियतापूर्वक सहयोग गर्न आहृवानसमेत गरेको छ ।
विपद्को घडीमा दुग्ध व्यवसायी, उद्योग, संकलक, दुग्ध सहकारीलाई भूकम्प प्रभावित क्षेत्रमा खाद्यान्न तथा अस्थायी आवासका सामग्रीका लागि आवश्यक राहत एवं आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरी एसोसिएसनलाई जानकारी गराउन एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले आहृवान गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच