
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ र वल्र्ड एक्वेटिक्सका अध्यक्ष क्याप्टेन हुसेन मुसाल्लमबीच मंगलबार भेटवार्ता भएको छ । भेटका अवसरमा सदस्य-सचिव घिसिङले नेपालमा पौडीको अवस्थाबारे जानकारी गराउनुका साथै विश्व एक्वेटिक्सले नेपाली पौडी र खेलाडीलाई गर्न सकिने सहयोगका विषयमा कुराकानी गर्नु भएको थियो । सदस्य-सचिव घिसिङले पेरिस ओलम्पिकका लागि पौडी खेलाडीको तयारी प्रशिक्षणालाई विश्व एक्वेटिक्सले गर्न सकिने सहयोगका बारेमा पनि हुसेनसँग आग्रह गर्नुभएको थियो ।
अध्यक्ष हुसेन मुसाल्लमले विश्व एक्वेटिक्सले नेपाली पौडीको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै हरेक संघले पद्धति, काम अनि नतिजामा जोड दिनु पर्ने बताउनुभयो । उहाँले सानै उमेरदेखि बालवालिकालाई पौडीमा आकर्षित राष्ट्रिय संघले पहल गर्नु पर्ने र त्यसका लागि विश्व एक्वेटिक्स सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो ।
भेटका अवसरमा नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यलगायतका पदाधिकारी, कोचिङ एडभाईजर जेम्स गिब्सन र मिस पर्निल ब्लुम (ओलम्पिक तथा वल्र्ड च्याम्पियन) को उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच