नेपालगञ्ज । नेपाल एपिएफ क्लबका गोपीचन्द्र पार्कीले नवौँ धारा नेपालगञ्ज म्याराथनको उपाधि जित्नुभएको छ । पार्कीले दोस्रोपटक नेपालगञ्ज म्याराथनको उपाधि जित्नुभएको हो । उहाँले यसअघि छैटौँ संस्करण जित्नुभएको थियो । पार्कीले नेपालगञ्ज म्याराथन दुई घण्टा २१ मिनेट ३८ सेकेण्डमा पूरा गर्नुभएको थियो । उहाँले डिफेन्डिङ च्याम्पियन नेपाली सेनाका खडकबहादुर खड्कालाई पछि पार्नुभएको थियो । गत वर्ष दुई घण्टा २० मिनेट २८ सेकेण्डमा दूरी पार गरेर उपाधि जित्नुभएका खड्काले यसपाली दुई घण्टा २२ मिनेट एक सेकेण्डमा दूरी पार गरेर दोस्रो हुनुभएको छ ।
सातौँ संस्करणका च्याम्पियन एपिएफका किरणसिंह बोगटी तेस्रो हुनुभयो । उहाँले दुई घण्टा २५ मिनेट ४३ सेकेण्डमा दूरी पार गर्नुभएको थियो । सन्तोषविक्रम विष्ट चौथो, मोहनदेव जोशी पाँचौँ, प्रेमबहादुर बस्नेत छैटौँ, शेरबहादुर बुढा सातौँ र अजय विके आठौँ हुनुभएको छ ।
म्याराथनको उपाधि जित्नुभका पार्कीले दुई लाख, दोस्रो हुनुभएका खड्काले एक लाख, तेस्रो हुनुभएका बोगटीले ५० हजार पाउनुभएको छ । चौथो भएका विष्टले २५ हजार, पाँचौँ हुनुभएका जोशीले १५ हजार, छैटौँ हुनुभएका बस्नेतले १० हजार, सातौँ भएका बुढा र आठौँ हुनुभएका विकेले पाँच/पाँच हजार पुरस्कार पाउनुभयो ।
हाफ म्याराथन (महिला)मा धादिङकी सन्तोषी श्रेष्ठले हृयाट्रिक गर्नुभयो । लगातार तेस्रोपटक उपाधि जित्दै श्रेष्ठले ७५ हजार रुपैयाँ पुरस्कार पाउनुभयो । श्रेष्ठले एक घण्टा २० मिनेट ५१ सेकेण्डमा दूरी पार गर्नुभएको थियो । आठौँमा उहाँले एक घण्टा १६ मिनेट ४८ सेकेण्डमा दूरी पार गर्नुभएको थियो । हाफ म्याराथनमा फूलमती राना दोस्रो हुनुभएको छ ।
उहाँले एक घण्टा २१ मिनेट एक सेकेण्डमा दूरी पार गर्नुभयो । दोस्रो हुनुभएकी रानाले ५० हजार पुरस्कार पाउनुभयो । छैटौँ संस्करणमा उपाधि जित्नुभएकी पुष्पा भण्डारी तेस्रो हुनुभएको छ । एक घण्टा २३ मिनेट ३६ सेकेण्डमा दूरी पार गर्नुभएकी उहाँले २५ हजार पुरस्कार पाउनुभएको छ । चौथो हुनुभएकी विन्द्रा धान्के श्रेष्ठले १५ हजार, पाँचौँ हुनुभएकी राज्यलक्ष्मी रावलले १० हजार, छैटौँ हुनुभएकी गणना भण्डारीले पाँच हजार पुरस्कार पाउनुभएको छ ।
१० किलोमिटर दौडमा पुरुषतर्फ दुर्गाबहादुर बुढा, नरेन्द्रसिंह रावल र धर्म महर्जन क्रमशः प्रथम, दोस्रो र तेस्रो हुनुभएको छ । १० किलोमिटर महिलातर्फ राममाया बुढा प्रथम, आशा रावत दोस्रो र मनसरा बुढा तेस्रो हुनुभएको छ । १० किलोमिटर दौडको महिला र पुरुष दुवैका विजेताले ३० हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार पाउनुभएको छ ।
स्कुलस्तरीय पाँच किलोमिटर दौडमा छात्रतर्फ दिपेन्द्र बोहरा प्रथम, अजय पाण्डे दोस्रो र सरोज सिंह तेस्रो हुनुभएको छ । छात्रातर्फ कल्पना बुढा प्रथम, विमला कार्की दोस्रो र मोतिकला डाँगी तेस्रो हुनुभएको छ । उहाँहरूले पाँच हजार, तीन हजार र दुई हजार पुरस्कार पाउनुभएको छ ।
पाँच किलोमिटर हिृवलचियरमा पुरुषतर्फ यज्ञबहादुर खत्री प्रथम, रोहितकुमार तमोली दोस्रो र शमशेर अलि बेहना तेस्रो हुनुभएको छ । उहाँहरूले पाँच हजार, तीन हजार र दुई हजार पुरस्कार पाउनुभएको छ । पाँच किलोमिटर हिृवलचियरको महिलातर्फ देउकुमारी थारु प्रथम र श्यामकली थारु दोस्रो हुनुभएको थियो । उहाँहरूले पाँच हजार र तीन हजार पुरस्कार पाउनुभएको थियो । किड्स रनमा छात्रतर्फ अभिशेष खड्का प्रथम, आयुश रावल दोस्रो र प्रवीण राना तेस्रो, छात्रातर्फ कृति परियार प्रथम र हिमानी बटाला दोस्रो हुनुभएको छ । पाँच किलोमिटर कर्पोरेट रनमा योगेश मल्ल प्रथम हुनुभएको छ ।
म्याराथनका विजेताहरूलाई नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, कोहलपुर नगरपालिकाका मेयर पूर्ण आचार्य, लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य-सचिव जयप्रकाश भट्टराई, नेपालगञ्ज म्याराथनका संस्थापक अध्यक्ष टिएस ठकुरी, केएल दुगडका सिइओ प्रदीप छाजेड, डाइरेक्टर सौरभ दुगडलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश (एम्स) बाट मान्यता पाएको नेपालगञ्ज म्याराथन नेपाल सरकार र तत्कालीन सशस्त्र युद्धमा रहेको माओवादीका बीचमा मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको स्मरणमा गर्ने गरिन्छ । यो वर्षको म्याराथन विजेताले लण्डन म्याराथनमा अवसर पाउने आयोजकले बताएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच