काठमाडौं । पार्टी फूटको बेला षड्यन्त्रको शिकार नबन्न माधव नेपाल र झलनाथ खनाललाई गरेको अनुनय एमालेका सचिव योगेश भट्टराईले सम्झाउनु भएको छ ।
एकीकृत समाजवादीका मन्त्रीहरुले अध्यक्ष माधवकुमार नेपाललाई मन्त्रीबाट नहट्ने ध्यानाकर्षण पत्र लेखेको बाहिरिएपछि एमाले नेता भट्टराईले त्यो विगत सुझाउनु भएको हो ।
उहाँले एकीकृत समाजवादीमा अहिलेको जस्तो अवस्था आउँछ भनेर आफूले पहिल्यै भनेको पनि उल्लेख गर्नुभएको छ ।
एमाले नेता भट्टराईले सामाजिक सञ्जालमार्फत पार्टी विभाजनको औचित्य छैन भनि आफूले त्याे बेला गरेकाे तर्क र कुनैदिन परिस्थिति तपाईं (माधव) को काबुभन्दा बाहिर जाने छ भनेर छुट्टिएको पलको स्मरण समेत गर्नुभएकाे छ ।
उहाँले लेख्नुभएको छ -
एकीकृत समाजबादी पार्टीको अहिलेको अवस्था देख्दा उबेला मैले पार्टी बिभाजन नगर्न कमरेड माधवकुमार नेपाललाई गरेको अनुनय, बिनय र एमाले बिभाजनको औचित्य छैन भनी दिएको तर्क अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई तहसनहस पार्ने षड्यन्त्रको शिकार नबन्न गरेको अनुरोध र केहिभन्दा पनि वहाँले नमाने पछि कुनैदिन परिस्थिती तपाईंको काबुभन्दा बाहिर जाने छ भनेर वहाँबाट छुट्टीएको पलको स्मरण भईरहेको छ ।
हेर्दै जाउँ हामीले त्यतिबेला नै चिनेका खेलाडीहरु कमरेड माधव नेपाल र कमरेड झलनाथ खनालले बिस्तारै चिन्दै जानुहुनेछ ।
आत्माबोध र पश्चाताप : सिर्फ कहिले ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच