काठमाडौं । गोल्डेन गेट र बुढानीलकण्ठ समृद्धि यू-१९ राष्ट्रिय बास्केटबल प्रतियोगितामा च्याम्पियन बनेका छन् । गोल्डेन गेट पुरुष तथा बुढानीलकण्ठ महिलामा च्याम्पियन भए । बुढानीलकण्ठको पुरुष टोली फाइनल पुगे पनि उपाधि भने जित्न सकेन ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष फाइनलमा गोल्डेन गेटले बुढानीलकण्ठलाई १००-८८ ले पराजित गर्यो । गोल्डेन गेटका नुकेश मगरले २८ स्कोर गर्नुभयो ।
समृद्धि स्कुलको सहकार्यमा नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताअन्तर्गत महिलाको उपाधि भिडन्तमा बुढानीलकण्ठले आइएसए नेपाललाई २८-१८ ले हरायो । विजयी टिमका लागि रिन्चेन मोक्तानले १९ अंक जोड्नुभयो । पुरुष/महिला दुवैमा पहिलो हुनेले ३० हजार तथा दोस्रोले १५ हजारका दरले नगद पुरस्कार पाउनुभयो ।
फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय नुकेश र रिन्चेन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो । दुवैले जनही पाँच हजार नगद पुरस्कारका साथै पाँच हजार रुपैयाँ बराबरको गिफ्ट हृयाम्पर प्राप्त गर्नुभयो । विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, आयोजक संघका अध्यक्ष भीमसिंह गुरुङ, आयोजक संघका महासचिव नरेन्द्र थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । पुस ३ गतेदेखि सुरु प्रतियोगिताको पुरुषमा २० तथा महिलामा ५ टिम सहभागी थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच