दोलखा । दोलखा महोत्सवको दिव्य दृष्टि, आर्थिक क्रान्तिको नयाँ सृष्टि भन्ने नाराका साथ आज (शुक्रबार)देखि हुने बृहत् दोलखा महोत्सवको तयारी पूरा भएको छ । १० दिने बृहत् दोलखा महोत्सवको तयारी पूरा भएको आयोजक दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभएको हो ।
महोत्सवको तयारीस्वरूप चरिकोट बजार सजावटका साथै भिमेश्वर रंगशालामा मुख्य गेट तथा स्टल निर्माण गरिएको छ । महोत्सव तयारीस्वरूप नौवटै स्थानीय तह एवं अन्य सरोकारवालासँग परामर्श बैठक, विभिन्न जिम्मेवारी बाँडफाँटलगायतका कामसमेत भइसकेको दोलखा उद्योग वाणिज्य संघका महासचिव सुरेश उप्रेतीले जानकारी दिनुभयो ।
महोत्सव अवलोकन ५० हजारभन्दा बढीले गर्ने अपेक्षा रहेको उहाँले बताउनुभयो । महोत्सवमा एक सय ५० स्टल रहने संघका सचिव प्रवीण श्रेष्ठले जानकारी दिनुभयो । पुस २२ गतेसम्म सञ्चालन हुने महोत्सव उद्घाटन प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले गर्नुहुने संघले बताएको छ ।
महोत्सवमा स्थानीय उत्पादन, राष्ट्रिय कलाकारको प्रस्तुति, विभिन्न जातजातिका सांस्कृतिक झाँकीका साथै विभिन्न मनोरञ्जनात्मक खेल पनि सञ्चालन हुने आयोजकले जनाएको छ । महोत्सवले दोलखाको आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच