बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले नेताहरू जिल्लामा आउँदा विमानस्थलमा खादा, माला र गाडीको लावालस्कर नलैजान नेता कार्यकतालाई आग्रह गर्नुभएको छ ।
मदन भण्डारीको ७१ औं जन्मजयन्तीको अवसर पारेर प्रेस चौतारी नेपाल, रूपन्देहीले सोमवार बुटवलमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै नेता पौडेलले सरल जिवनको छुट्टै महत्व हुने बताउनु भयो ।
कुनै ठूलो उपाधि ओलम्पियन जितेर आएकालाई सम्मान गर्न उहाँले आग्रह गर्नुभयो । 'नेता काठमाडौंबाट जिल्लामा आउँदा गाडी छैन भने, बरु एउटा गाडी पठाइदिनुस् । तर गाडीका लस्कर, नेता–कार्यकता लाइनमा बसेर फूलमाला र खादा लिएर एयरपोर्ट जान आवश्यक छैन,' उहाँले भन्नुभयो ।
पौडेलले जनताको बहुदलीय जनवाद (जबज) र अभिव्यक्ति स्वतन्त्रताबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताउनु भयो। ‘हामी अभिव्यक्ति स्वतन्त्रताको पक्षमा छौं । ओठेभक्ति र स्तूति होइन, मनैदेखि सैद्धान्तिक अभिव्यक्ति स्वतन्त्रता हुनुपर्छ भन्ने पक्षमा छौं,’ उहाँले भन्नुभयो ।
मदन भण्डारीले नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता दिनुपर्छ र प्रतिस्पर्धाका आधारमा समाजमा श्रेष्ठता हासिल गर्न सकिन्छ भन्ने मूल धारणा प्रतिपादन गरेको पौडेलले बताउनु भयो । जनताको बहुदलीय जनवादका अलगअलग विशेषतालाई नागरिकबीच पुर्याउन आफू निरन्तर लागिरहेको उहाँको तर्क थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच