काठमाडौं । नेपाली मोटरसाइकल राइडर दीपक साह भारतको हिमाञ्चल प्रदेशको चाम्बामा आयोजित ‘र्याली अफ चाम्बा’ को ‘एक्स्ट्रिम (मोटो) २०२२’ को विजेता बन्न सफल हुनुभएको छ । गत जुन १६ देखि १९ सम्म आयोजित प्रतियोगितामा उहाँ नेपालबाट एक्लो प्रतिस्पर्धी हुनुहुन्थ्यो । रोयल इन्फिल्ड हिमालयन मोटरसाइकलमार्फत् र्यालीमा सहभागी हुनुभएका साहले उक्त क्याटागोरीमा पहिलो स्थान हासिल गर्नुभएको हो ।
र्यालीअन्तर्गत पहिलो दिन चाम्बाको पुलिस ग्राउन्डमा टेस्ट राउन्ड भएको थियो । प्रतियोगितामा टु हिृवलरका साथै फोर हिृवलर गाडीसमेत सहभागी थिए । हिमाञ्चल प्रदेशका मुख्यमन्त्री र विधायकलगायतले पुरस्कार वितरण गर्दा साहले ढाकाटोपी र नेपाली झण्डा भएको टिसर्ट लगाउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच