पर्वत । कालीभक्त-कृष्णा पन्त स्मृति प्रतिष्ठानद्वारा स्थापित कालीभक्त पन्त लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार २०८० अमेरिकन नागरिक डा.अन्ना स्टिरलाई अर्पण गरिने भएको छ । कालीभक्त पन्तको बत्तीसौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उक्त पुरस्कार अन्नालाई दिने घोषणा गरिएको हो ।
नेपाली लोकगीतको विधामा विद्यावारिधी (पिएचडी) गर्नुभएकी, नेपालको लोकवार्ता र संस्कृतिको क्षेत्रमा अध्ययन, अनुसन्धान, कृतिहरू प्रकाशन, लोकवार्ता र संस्कृतिको विदेशमा समेत प्रचारप्रसारगरी अद्वितीय योगदान पुर्याएउनुभएकी उहाँ हवाई विश्विद्यालय संयुक्तराज्य अमेरिकाका सहप्राध्यापक एवं सोही विश्व विद्यालयको साउथ एसियन इसटडिजका निर्देशक हुनुहुन्छ ।
विगत छ वर्षदेखि कालीभक्त-कृष्णा पन्त स्मृति प्रतिष्ठान नेपालले कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ । नेपालमा एक लाख एक हजार रुपैयाँ विदेशमा एक हजार एक अमेरिकी डलर राशि तथा सम्मानपत्रसहित यो पुरस्कार प्रदान गरिन्छ ।
यसअघि यो पुरस्कार सत्यमोहन जोशी (२०७५), कृष्ण कँडेल (२०७६), तुलसी दिवस (२०७७), प्राडा चूडामणि बन्धु (२०७८) र कुमार बस्नेत (२०७९) लाई प्रदान गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच