गुल्मी । गुल्मीमा सामुदायिक विद्यालयका किशोरीहरुको रक्तअल्पता परीक्षण सुरु भएको छ। सदरमुकाम तम्घासमा रहेको सिद्धबाबा माध्यमिक विद्यालयमा अध्ययनरत किशोरीहरुको रक्तअल्पता परीक्षण गरी रेसुङ्गा नगरपालिकाबाट अभियान सुरु गरिएको हो।
स्वास्थ्य कार्यालय गुल्मीको आयोजना तथा रेसुङ्गा नगरपालिकाको समन्वयमा जिल्लाकै सबैभन्दा धेरै छात्राहरु अध्ययनरत यस विद्यालयमा रहेका किशोरीहरुको रक्तअल्पता परिक्षण गर्न सुरु गरिएको बताइएको छ। यस जिल्लामा आर्थिक वर्ष २०७७/०७८ देखि १० देखि १९ वर्ष उमेर समूहका किशोरीहरुलाई आइरन र फोलिक एसिड खुवाउँदै आइएको छ।
जिल्लाका १२ वटै स्थानीय तहमा रहेका विद्यालयमा अध्ययनरत किशोरीहरुलाई वर्षको दुई पटक १३/१३ हप्ताको फरकमा आइरन र फोलिक एसिड खुवाउँदै आइरहेको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले जानकारी दिनुभयो। यसरी आइरन र फोलिक एसिड सेवन गरिरहेका किशोरीहरुको रक्तअल्पताको अवस्था के कस्तो रह्यो ? भनेर परिणाम हेर्नका लागि परिक्षण सुरु गरिएको आचार्यले बताउनुभयो। यो अभियानलाई जिल्लाका सबै पालिकामा पुर्याईने उहाँको भनाइ छ।
प्रत्येक पालिकाको दुई वटा माध्यमिक विद्यालयमा रक्तअल्पताको परिक्षण गरिनेछ। परिक्षणका क्रममा किशोरीको उचाई र तौल समेत मापन गरिनेछ। गुल्मीमा झण्डै छ हजार किशोरीको रक्तअल्पता परीक्षण गरिन लागिएको उहाँले बताउनुभयो। सात प्रदेशमध्ये लुम्बिनी प्रदेशमा किशोरीहरुमा रक्तअल्पता, पुड्कोपन तथा मोटोपन पनि बढिरहेकोले यो अभियान सञ्चालन गरिएको बताउनुभयो।
त्यसअवसरमा जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्रीले किशोरीहरुको रक्तअल्पता परीक्षण गरी उनीहरुको वृद्धि र विकासका लागि यो कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो। रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले मानव पूँजीको विकासले मात्रै समृद्धि हासिल गर्न सकिने भएकाले रक्तअल्पताको परिक्षणबाट स्वस्थ नागरिक तयार गर्नका लागि सहयोग पुग्ने बताउनुभयो। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले स्वस्थ नागरिक र सभ्य समाज निर्माण तथा दिगो विकासको लक्ष्य हासिलका लागि पनि यो कार्यक्रमले महत्वपूर्ण्क योगदान पुर्याउने बताउनुभयो।
गुल्मी जिल्लामा सामुदायिक विद्यालयका किशोरीहरुको रक्तअल्पता परीक्षण कार्यक्रम रेसुङ्गा नगरपालिकाको समन्वय र सहकार्यमा सिद्धबाबा माध्यमिक विद्यालयबाट यस जिल्लामा शुभारम्भ गरिएको रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मन्जु घर्ति मगरले बताउनुभयो। यस अघि जिल्लाका १२ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख र शिक्षा शाखा प्रमुखहरूलाई किशोरीहरुको रक्तअल्पता परीक्षण तथा व्यवस्थापनका लागि अभिमुखीकरण समेत गरिएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत पुष्पा थापाले बताउनुभयो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच