कांग्रेस पदाधिकारी बैठकमा सभापति देउवा नजाने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ ।

बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति भने उपस्थित नहुने जनाइएको छ । आजको बैठकको नेतृत्व पार्टी उपसभापति पूर्णबहादुर खड्काले गर्नुहुनेछ ।

समय व्यस्तताका कारण सभापति देउवा पदाधिकारी बैठकमा उपस्थित हुन नसक्ने जनाइएको छ । बैठकमा पार्टीको भातृ संगठनका बारेमा छलफल हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?