नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्विरोध निर्वाचित

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

टीकापुर । टीकापुर घटनाका मुख्य दोषी भइ सरकारबाट आममाफी पाएका रेशमलाल चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको छ ।

कैलालीको टीकापुरमा जारी पार्टीको प्रथम अधिवेशनले पार्टीका संरक्षक रहनुभएको चौधरीलाई सर्वसम्मत चयन गरेको हो ।

दिउँसो २ बजेसम्म तोकिएको समयमा चौधरीको मात्र उम्मेदवारी परेकाले उहाँ निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । यसअघि चौधरीका श्रीमती रञ्जिता श्रेष्ठ पार्टी अध्यक्ष हुनुहुन्थ्यो ।

चौधरीको प्रस्तावक रोशन थापा र समर्थक सानु शाक्य हुनुहुन्थ्यो । पार्टीको संरक्षक रहेका चौधरी २०७४ मा कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित प्रतिनिधिसभा सदस्य हुनु हो ।

वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित र कोषाध्यक्षमा टीकालक्ष्मी चौधरी पनि निर्वारोध निर्वाचित हुनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?