काठमाडौं । नेपालले पाहुना टोली आयरल्याण्ड ‘ए’ लाई ६ विकेटले हराउँदै दुई खेलको ट्वान्टी-२० श्रृंखलामा अग्रता बनाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमवार आयरल्याण्ड ‘ए’ ले दिएको एक सय २२ रनको सामान्य लक्ष्य नेपालले मात्र १६.१ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।
पछिल्ला केही खेलमा शुन्य रनमै आउट हुँदा प्रशंसकबाट आलोचित भएका ओपनर कुशल भुर्तेलले आज भने अलराउण्ड प्रदर्शन गरे ।
नेपाली क्रिकेट समर्थकमाझ उत्कृष्ट सटले निक्कै विश्वास दिलाएका उनी गत फागुनमा घरेलु मैदानमा भएको त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गतका खेलमा भने शुन्य रनमा आउट भएका थिए । उनी नेदरल्यान्डविरुद्ध पहिलो ओभरको चौथो बलमा डक आउट भएका थिए भने नामिबियाविरुद्धको खेलमा पनि डक आउट भएका थिए ।
आज भने उनले सम्मालिएर आफ्नो खेल प्रदर्शन गरे । विस्फोटक ब्याटिङ गर्न रुचाउने भुर्तेलले आज सम्यमित भएर खेलेका थिए । चौथो विकेटका लागि कुशल भुर्तेल र सन्दीप जोराको ५४ रनको साझेदारी नै नेपाललाई जिततर्फ उन्मुख गराउन सफल भएको थियो । उनीहरुको खेलमा संयमता देखिएको थियो । सम्हालिएर खेलेको यी जोडीले प्रत्येक ओभरमा एक दुई वटा लामा सट पनि हानेका थिए ।
सामान्य लक्ष्य पछ्याएको घरेलु टोलीको शुरुवात राम्रो हुन सकेन । ४.५ ओभरमा नेपाल ३७/३ को अवस्थामा थियो । यद्यपि, ओपनर कुशल ३७ रनमा अविजित र सन्दीप जोराले ३६ रनको योगदान दिँदै जित दिलाए । कुशलले ३२ बलमा चार चौका हिर्काए । सन्दीपले ३५ बलमा तीन चौका र दुई छक्का प्रहार गरे ।
अर्का ओपनर आसिफ शेख १६ रनमै पभेलियन फर्किए । त्यसपछि पनि नेपालले लगातार थप दुई विकेट गुमाउन पुग्यो । कप्तान रोहितकुमार पौडेल शुन्यमा र गुल्सन झा ४ रनमा आउट भएपछि नेपाल दबाबमा पर्यो । तर चौथो विकेटका लागि कुशल र सन्दीपले ५४ रनको साझेदारी गर्दै जिततर्फ उन्मुख गराए ।
दीपेन्द्रसिंह ऐरीले १२ बलमा दुई चौका र एक छक्कासहित अविजित २० रन जोड्दै २३ बल अगावै नेपालको जित सुरक्षित गराए । आयरल्याण्डका ग्यारेथ डेनलीले दुई विकेट तथा बेन ह्वाइट र थोमस मायसले समान एक विकेट लिए पनि घरेलु टोलीलाई चुनौती दिन सकेनन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा अलआउट हुनुअघि १२१ रन मात्र जोड्न सक्यो । खराब शुरुवात गरेको आयरल्याण्डका लागि ओपनर स्टेफन डोहेनीले ४६ रनबाहेक अन्यले उल्लेख्य रन बटुल्न सकेनन् । कुशलकै बलमा आउट हुनुअघि उनले ३९ बलमा चार चौका र दुई छक्का प्रहार गरे । त्यसबाहेक शिर्ष क्रममा सस्तैमा आउट भए । आयरल्याण्डले इनिङको दोस्रो बलमा नै ओपनर रोस एडेरलाई ४ रनमा नै गुमायो । त्यसपछि पाहुना टोलीले लगातार विकेट गुमायो ।
तल्लो क्रमका फिहोन ह्यान्डले ११ रन, थोमस र लियाम म्याकर्थीले समान १६ रनको योगदान दिएपछि आयरल्यान्डले मुस्किलले एक सय रनको आँकडा पार ग¥यो । नेपालको बलिङमा कुशल भुर्तेलसँगै ललितनारायण राजवंशी, गुल्सन झाले समान दुई विकेट तथा कुशल मल्ल र करण केसीले समान एक विकेट निकाल्दै पाहुना टोलीलाई सस्तैमा रोके । नेपालले दोस्रो खेल मंगलवार खेल्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच