गुल्मी । गुल्मी जिल्लाबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थी सङ्ख्या बर्सेनि घट्दै गएको छ । शिक्षा विकास तथा समन्वय इकाइको पछिल्लो तीन वर्षको तथ्याङ्कमा यस जिल्लामा प्रत्येक वर्ष एसइईका परिक्षार्थी घट्दै गएको देखिएको छ ।
चैत १५ गतेदेखि सुरु हुन लागेको यस वर्षको एसइईमा यस जिल्लामा गतवर्ष भन्दा अहिले ६२५ जनाले विद्यार्थी कम देखिएको छ । यहाँका १३८ विद्यालयका चार हजार ९७ विद्यार्थी सहभागी हुने भएका छन् । नियमित साधारण धारतर्फ तीन हजार ७७७ र नियमित प्राविधिक धारतर्फ २९५ विद्यार्थी परिक्षामा सहभागी हुने भएका छन् । नियमित खुलातर्फ १३ र ग्रेडवृद्धितर्फ १२ जना विद्यार्थी सहभागी हुने भएका छन् ।
२०७९ को एसइईमा यहाँका १४० विद्यालयका चार हजार ७२२ विद्यार्थी विभिन्न २८ परिक्षा केन्द्रमा सहभागी भएका थिए । जसमा नियमित साधारण धारतर्फ चार हजार ३३०, नियमित प्राविधिक धारतर्फ ३४२, नियमित खुलातर्फ आठ र ग्रेडवृद्धितर्फ ४२ विद्यार्थी परिक्षामा सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाइको तथ्याङ्कमा उल्लेख छ ।
२०७८ को एसइईमा यहाँका १४० विद्यालयका चार हजार ८२३ विद्यार्थी विभिन्न २७ वटा परिक्षा केन्द्रमा सहभागी भएका थिए ।जसमा नियमित साधारण धारतर्फ चार हजार ४९२, नियमित प्राविधिक धारतर्फ २८७, नियमित खुलातर्फ २१ र ग्रेडवृद्धितर्फ २३ विद्यार्थी सहभागी भएको तथ्याङ्कमा उल्लेख छ ।
यहाँको जन्मदर कम हुनु र बसाइँसराइले एसइईमा सहभागी हुने विद्यार्थीहरुको सङ्ख्या घटेको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख लोकनाथ मरासिनीले बताउनुभयो । परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन जिल्ला परीक्षा समन्वय समिति र शिक्षा विकास तथा समन्वय इकाइले परीक्षाका लागि आवश्यक व्यवस्थापन गर्नेछ ।
परीक्षालाई प्रभावकारी बनाउन अनुगमन टोलीद्वारा अनुगमन गरिनेछ । विगतमा जस्तै यस वर्षको एसइईलाई व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्लाका विभिन्न स्थानमा २८ वटा परिक्षा केन्द्र निर्धारण गरिएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख मरासिनीले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच