हेटौँडा । बागमती प्रदेश सरकारले १९ गते सोमबार विश्वासको मत लिने भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिनेगरी माओवादी केन्द्रका मुख्य सचेतक रत्न ढकालले शुक्रबार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गर्नुभएको हो । केन्द्रमा सत्ता गठबन्धन फेरबदल भएसँगै बागमती प्रदेशमा २३ फागुनमा कांग्रेसले आफ्नो ६ जना मन्त्री फिर्ता बोलाएर सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको थियो । सरकारलाई दिएको समर्थन फिर्ता भएसँगै संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लाग्नुभएको हो ।
बागमती प्रदेशमा सरकार गठनका लागि नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबीच बिहीबार पाँचबुँदे सहमतिसमेत भएको छ । त्यस्तै, प्रदेश सरकारको नेतृत्व पनि आलोपालो गर्ने जनाइएको छ । पाँचबुँदे सहमतिको दोस्रो बुँदामा भनिएको छ, ‘केन्द्रीयस्तरमा बनेको सत्ता समीकरणको निर्णयअनुसार प्रदेश सरकारको नेतृत्व कार्यान्वयन गरी सहभागी दलका बीचमा प्रदेश सरकारको नेतृत्वमा सहकार्य गरी अघि बढ्ने निर्णय गरियो ।’
हाम्रो नेपाली पार्टीलाई पनि सरकारमा सहभागी गराउने सहमति बनेको छ । सहमतिमा भनिएको छ, ‘प्रदेश सरकार गठनका सन्दर्भमा सहभागी दलहरूको सहमतिको आधारमा मात्र मन्त्रिपरिषद्को संख्या निर्धारण र मन्त्रालयको जिम्मेवारी विभाजन गर्ने निर्णय गरियो ।’ ११० सदस्यीय बागमती प्रदेश सभामा बहुमतका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ । अहिले सत्तारूढ गठबन्धनमा रहेका एमालेका २७, माओवादीका २१ र एकीकृत समाजवादीका सात सांसद छन् । दुई सांसद रहेको हाम्रो नेपाली पार्टीले समर्थन गर्दा बहुमत पुग्छ । प्रदेश सभामा हानेपा सरकारमा सहभागी भएसँगै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत प्राप्त गर्ने अवस्था देखिएको छ । त्यस्तै, विपक्षमा रहेका नेपाली कांग्रेसका ३७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १३ र नेपाल मजदुर किसान पार्टीका तीन सांसद छन् ।
बज्राचार्य मन्त्री बनेपछि हानेपामा विवाद, कारबाहीको चेतावनी
हाम्रो नेपाली पार्टी (हानेपा)का सांसद शैलेन्द्रमान बज्राचार्य बागमती प्रदेश सरकारमा मन्त्री बनेपछि सो पार्टीमा विवाद भएको छ । पार्टीका अध्यक्ष अनन्तराज घिमिरेले पार्टीको निर्णयविपरीत बज्राचार्य सरकारमा सहभागी भएको भन्दै कारबाहीको चेतावनी दिनुभएको छ ।
मकवानपुरको हेटौँडामा शुक्रबार पत्रकार सम्मेलन गर्दै हाम्रो नेपाली पार्टीका अध्यक्ष घिमिरेले बज्राचार्यलाई कारबाही गर्ने चेतावनी दिनुभएको हो । उहाँले बज्राचार्यलाई सत्तापक्षले ‘राजनीतिक अपहरण’ गरेको आरोप लगाउनुभएको छ । उहाँले हाम्रो नेपाली पार्टी विकृत राजनीतिमा नलाग्ने पनि बताउनुभयो । बागमती प्रदेश सभामा हाम्रो नेपाली पार्टी संसदीय दलका नेता बज्राचार्य बुधबार सरकारमा सहभागी हुनुभएको थियो । उहाँलाई मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले संस्कृति, पर्यटन तथा सहकारीमन्त्री नियुक्त गर्नुभएको छ । अध्यक्ष घिमिरेले भने सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रतिपक्षमा बस्ने पार्टीको निर्णयविपरीत बज्राचार्य लागेको आरोप लगाउनुभयो ।
उहाँले मन्त्रीमा नियुक्त हुनु अगाडि पार्टीसँग कुनै छलफल नगरेको र शुक्रबार बिहानसम्म पनि सम्पर्क हुन नसकेको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । यद्यपि, शपथ लिएपछि बज्राचार्यले पार्टीको सल्लाहमै मन्त्री नियुक्त भएको बताउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच