
काठमाडौं । इलाम– २ मा हुन लागेको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा माओवादी केन्द्रले सुहाङ नेम्वाङलाई सघाउने भएको छ ।
माओवादीका जिल्ला संयोजक विजय खम्बु र एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै एमाले उम्मेदवार नेम्वाङलाई सघाउने घोषणा गरेका हुन् । माओवादीले नेम्वाङलाइै मतदान गर्न आफ्ना मतदाताहरुलाई अपिल समेत गरेको छ ।
प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच केन्द्रमै सुहाङलाई सघाउने समझदारी भएको विज्ञप्तीमा उल्लेख छ ।
आगामी वैशाख १५ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ ।
यो क्षेत्रमा पहिचानवादीहरूको समर्थनमा डाकेन्द्रसिंह थेगिम, एमालेबाट सुवास नेम्वाङका छोरा सुहाङ नेम्बाङ, कांग्रेसबाट डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, राप्रपाबाट लक्ष्मी गुरूङले लगायतले उम्मेदवारी घोषणा गरेका छन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच