सूचना टाँसेर संसद् बैठक सारियो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आज बस्ने भनेको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर सारिएको छ । बुधबार बिहान ११ बजेका लागि डाकिएको बैठक १ बजेसम्म पनि बस्न नसकेपछि सूचना टाँसेर सारिएको हो ।

बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो २ बजे बस्ने गरी सारिएको संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?