वर्तमान दिनहरूमा सरकारको निरन्तर विरोध भइरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सरकारको विरोधमा सडकमा ओर्लिएको छ । भरखरै राजेन्द्र महतोको नेतृत्वमा विरोध प्रदर्शन भयो । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने प्रयास गरेको भनेर प्रहरी दमन भयो । प्रहरीले प्रदर्शनकारीहरूमाथि निर्घात कुटपिट गरेको दृश्य आमसञ्चारबाट प्रसारण भयो । बुद्धधर्मावलम्बी भिक्षुहरूलाई समेत कुटपिट गरेको दृश्य सामाजिक सञ्जालहरूमा राखिएको थियो । यसले गर्दा प्रदर्शनकारीतर्फ होइन सरकारविरोधी भावना नै सर्वसाधारणमा पैदा हुन पुगेको छ । सम्यमता सरकारका पक्षबाट अपनाइनुपर्छ नत्र सरकारका सुरक्षाकर्मी र सरकारविरोधी भावना प्रबल बन्न जान्छ । आमनागरिक त्यसै जहिल्यै सरकारविरोधी भावना बोकेर बसेका हुन्छन् ।
निकै राम्रो, लोकप्रिय सरकार भएका खण्डमा मात्र जनताको सरकारप्रति सहानुभूति र सम्मानभाव पैदा हुन्छ । सरकारको प्रवृत्ति, शैली र सरकारका कर्मचारीबाट पाएको दुःख सरकारले नै दिएको दुःख हो भन्ने तिनले ठानेका हुन्छन् । यतिमात्र होइन सरकारको तल्लो निकायबाट समेत जेजस्ता व्यवहार र कार्य हुन्छन् ती सबैको जिम्मेवारी संघीय सरकारले लिनुपर्छ भन्ने भावना आममानिसमा रहेको हुन्छ । त्यसकारण प्रहरी र प्रशासनप्रति नागरिकको बक्रदृष्टि रहन जान्छ । आफ्नो गल्ती नहुँदा नहुँदै पनि ट्राफिक प्रहरीले जरिवाना गरेको आक्रोश नागरिकले सरकारप्रति पोख्ने गर्छन् । त्यसकारण सरकार हमेसा सरल र संवेदनशील रहनुपर्ने हुन्छ तर धैर्य गुमाएर कठोर नीति अपनाउने हो भने यस्ता दुर्भाग्यपूर्ण अवस्थाको सिर्जना हुने निश्चित छ ।
बालकुमारी घटना एउटा यस्तै दृष्टान्त हो । यसबाट पाठ नसिकी पटक-पटक यस्तै गल्ती गर्दै जाने हो भने निश्चय सरकारले लोकप्रियता हासिल गर्न सक्दैन । सरकार आपूmले जति काम अरू कसैले नगरेको ठान्छ । यो जुनसुकै सरकारले दाबी गर्ने प्रचलन हो । उता प्रतिपक्षमा भएकाले भने सरकारले केही नगरेको देख्छन् र सरकारको विरोध गर्छन् । यो अहिलेको मात्र सोच र समस्या होइन । पूर्ववर्ती सरकारहरूको पालामा यस्तै हुने गरेको थियो । वर्तमान सरकारको दाबी यस्तै हुनेगर्छ भने प्रतिपक्षीहरूको विरोध पनि यही शैलीमा निरन्तर हुँदै आएको छ ।
जनतालाई सधैं यस्तै हुने रहेछ, जो आए पनि यस्तै हुने भन्ने परेको छ । विकास हुनुको सट्टा कतिपय अवस्थामा आन्दोलन र विरोधका कार्यक्रमले विनाश गर्ने गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न माग राखेर मंगलबारदेखि विरोधका कार्यक्रम अघि सारेको छ । राप्रपा राजावादी विचारबाट प्रेरित छ । हालका दिनहरूमा पूर्वराजासमेत राजनीतिक गतिविधिमा केन्द्रित बन्दै आउनुभएको छ । बेला–बेलामा देशका विभिन्न ठाउँमा राजनीतिक सभासम्मेलन गरी आफ्ना विचार अभिव्यक्त गर्दै आउनुभएको छ । वर्तमान दिनमा राजावादीहरूका स्वर बुलन्द बन्दैछन् । यसको अन्तर्य दलीय सरकारहरूको कमीकमजोरीमा पुगेर ठोकिन्छ । जुन अभिष्टबाट बहुदलीय प्रणाली सञ्चालन हुन सक्नुपथ्र्यो त्यसो नभएकाले यस्तो अवस्थाको सिर्जना भएको हो ।
यसैले विकल्प नपाएर जनता राजावादी बन्दै गएका हुन् । जसरी २०४६-०५२ का बीच सबै मानिस नेपाली कांग्रेस र एमालेमा केन्द्रित थिए, ती पछि आ–आफ्ना आस्थाका पार्टीहरूबाट असन्तुष्ट भएर माओवादी बने । त्यसरी नै हाल आएर नेका, एमाले र माओवादीलगायत पार्टीहरूमा वितृष्ण भएर अन्य पार्टीतिर लागिरहेका छन् । अर्को कुरा अधिकांश नेपाली जनताको चाहना हिन्दु धर्मसापेक्ष राष्ट्र रहेको छ । यो चाहना राप्रपाले मात्र पूरा गर्न सक्छ भन्ने सोच नेपाली जनताको छ । त्यसकारण राप्रपा पहिलेको तुलनामा सबल बन्दै गएको हो । यो विरोध प्रदर्शनमा राप्रपा खरो उत्रिने संकेत देखिएको छ । उसका माग र विरोधका कार्यक्रम हेर्दा सशक्त बन्लाजस्तो लाग्छ ।
राप्रपाले यस विरोधको कार्यक्रमलाई काठमाडौं केन्द्रित कार्यक्रम भनेको छ र ५० हजारको संख्यामा मानिस उतारेको दाबी गरेको छ । पार्टीका सांसद र केन्द्रीयस्तरका नेताहरूबाटै समर्थकलाई उक्साउने काम भइरहेको छ । यसबाट सरकारका सुरक्षाकर्मीहरूले त्यस्तो तोकिएका निषेधित क्षेत्रमा जान नदिने र प्रदर्शनकारीहरू जसरी भए पनि निषेधित क्षेत्रहरूमा नगइनछोड्ने भएपछि झडपको स्थिति पैदा हुने नै भयो । प्रदर्शनकारीहरू त प्रदर्शनमै उत्रिने भए, सम्यमता अपनाउनुपर्ने सरकार पक्षबाटै हो । सुरक्षाकर्मीहरूले बल प्रयोग गर्दा प्रदर्शनकारीहरू चिनेरै यस्तो गर्नुपर्छ । नत्र बौद्ध भिक्षुमाथि लाठी र लात हान्नेजस्तो असम्यमता फेरि दोहोरिन सक्छ । जुन दुर्भाग्यपूर्ण अवस्था पैदा नहोस् भन्ने आमनेपाली चाहन्छन् । आन्दोलनकारीहरूबाट वातावरणलाई उत्तेजक बनाउने काम हुनुहुँदैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच