रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिकामा रोजगार सेवा केन्द्रले सञ्चालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमले सियारीका अधिकांश विद्यालय तथा सार्वजनिक स्थानको स्वरुप नै परिवर्तन भएको छ ।
कार्यक्रम सञ्चालन गर्नुपुर्व अव्यवस्थित देखिएका विद्यालय तथा सार्वजनिक स्थान अहिले हरियाली र सुन्दर देखिएका छन् ।
रोजगार सेवा केन्द्रले सियारीका केहि स्कुलमा शुरु गरेको हरित विद्यालय कार्यक्रम सहजीकरण तथा भवन संरचना व्यवस्थापन कार्यक्रमले बिद्यालयको मुहार नै फेरिएको छ भने कार्यक्रम शुरु गरिएका सार्वजनिक स्थान समेत सफा र सुन्दर देखिएका छन् ।
रोजगार सेवा केन्द्रले पालिका भित्रमा रहेका रोजगारीको क्षेत्रमा रहेका अबसर तथा संभावनाको पहिचान गने उद्धेश्यले रोजगार संवाद मञ्च समेत सञ्चालन गरेको छ ।
रोजगार केन्द्रमा सुचिकृत बेरोजगार व्यक्तिहरुलाई दक्षता र सिप अनुसार पालिका भित्रका नीजि, गैरसरकारी, सरकारी तथा आबश्यक क्षेत्रमा पहिचान गर्ने तथा समस्याहरुको निदान र रोजगारी श्रृजनाका नविनतम उपाए एवम् ढाँचा तथा बिधिहरुको बिकास गर्ने उद्धेश्यले रोजगार संवाद मञ्च सञ्चालन गरिएको रोजगार संयोजक सिर्जना भुषालले जानकारी दिनु भयो ।
उहाँले संघीय, प्रदेश र स्थानिय निकायबाट सञ्चालन हुने विकास निर्माण सम्बन्धी कार्यक्रमहरु बीच समन्वय र सहकार्य गर्दै बेरोजगारीको समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्नका लागि रणनीति, कार्यनीति, योजना तथा कार्यक्रम कार्यन्वयन गर्नका लागि संवाद मञ्च सञ्चालन गरिएको बताउनु भयो ।
सियारी गाँउपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले रोजगारीका सम्भावनाको खोजी गर्दै बिरोजगार युवायुवतीलाई रोजगारीमा जोड्ने गरी काम गरिएको बताउनु भयो । सियारीमा अहिले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत बेथरी बेलवास सडक खण्डको सुन्दरीकरण, बिभिन्न स्थानमा खानेपानीको पाईप लाईन बिस्तार, हरित बिद्यालय सुन्दरीकरण लगायतका कार्यक्रम सञ्चालन छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच