बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणनामा नेकपा एमालेका तर्फबाट प्रमुख र उपप्रमुखका उम्मेदवार जित नजिक पुगेका छन् ।
सात हजार ४१९ मतगणना हुँदा नेकपा एमालेका नगरप्रमुखका उम्मेदवार रामबहादुर बानियाँले तीन हजार ८८१ मत ल्याउनु भएको छ । यस्तै, नेपाली कांग्रेसका रंगबहादुर खातिले तीन हजार १०१ मत प्राप्त गर्नुभएको छ । मेयरमा एमालेले ७८० मतको अग्रता लिएको छ ।
त्यस्तै, उपप्रमुखमा एमालेकी मायाकुमारी खड्काले तीन हजार ७५३ मत ल्याउनु भएको छ भने कांग्रेसकी रिता शाहीले तीन हजार १५३ मत ल्याउनु भएको छ । उपप्रमुखमा एमाले ६ सय मतले अगाडि छ ।
अब झण्डै १६ सय मत गणना गर्न बाँकी छ । अहिले वडा नम्बर ५ र ६ को मतगणना भइरहेको छ । यी दुवै वडा एमालेको पकड क्षेत्र रहेकाले पनि एमालेको जित सुनिश्चित देखिएको हो ।
बुढीगंगा नगरपालिकाको ८ वटा वडाको मत गणना सम्पन्न भएको छ । अब दुई वटा वडाको गणना बाँकी रहेको छ ।
मतगणना सकिएको १, २, ३, ९ र १० नम्बर वडामा एमाले विजयी भएका छन् भने वडा नम्बर ४, ७ र ८ मा कांग्रेस विजयी भएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच