काठमाडौं । अन्नपूर्ण हिमालको फेदीमा आयोजना हुँदै आएको अन्नपूर्ण म्याराथनको चौथो संस्करण जेठ २१ गते हुने भएको छ । अन्नपूर्णको सफल आरोहणको दिन पारेर यो म्याराथन गरिँदै आएको छ । सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गर्नुभएको थियो । आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमानी राखेको सन्दर्भमा उक्त दिनलाई ‘अन्नपूर्ण आरोहण दिवस’ का रूपमा पनि मनाइन्छ ।
सेञ्चुरी पर्यटन विकास समिति यो म्याराथनको आयोजक हो । अन्नपूर्ण आधार शिविरको पूर्वाधार विकाससँगै पर्यटन प्रवद्र्धन म्याराथनको मुख्य उद्देश्य भएको आयोजक संस्थाका अध्यक्ष अध्यक्ष एवं अन्नपूर्ण म्याराथन मूल आयोजक समितिका संयोजक ललित गुरूङले बताउनुभयो । ‘पर्यटनका लागि सबै मौसम’ भन्ने मूल नाराका साथ २०७५ सालमा पहिलोपटक यो म्याराथन सुरु गरिएको थियो ।
यो म्याराथन अन्नपूर्ण आधार शिविर अर्थात् चार हजार १२० मिटरको उचाइबाट सुरु भई माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै दुई हजार १२ मिटर उचाइमा रहेको घान्द्रुक आई समापन हुने समितिका महासचिव दिलीप गुरूङले जानकारी गराउनुभयो ।
महिला तथा पुरुष दुवैतर्फका लागि हुने म्याराथनमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद एक लाख ५० हजार, एक लाख र ७५ हजार रुपैयाँका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विदेशीका लागि प्रोत्साहन पुरस्कारस्वरूप विशेष पुरस्कारको व्यवस्था गरिएको छ ।
महोत्सव सम्पन्न गर्न ४२ सदस्यीय रहेको मूल व्यवस्थापन समिति, १३ वटा विभिन्न उपसमितिसहित सल्लाहकार समिति गठन गरिएको समितिका महासचिव दीलिपले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच