बर्लिन । युरोकप फुटबलमा समूह ‘डी’ को अन्तिम चरणको खेलमा नेदरल्याण्ड्सलाई ३-२ गोलले हराएर अष्ट्रिया अन्तिम १६ मा पुगेको छ । तीन खेलमा दुई जितका साथ अष्ट्रिया छ अंकसहित समूह विजेता बनेको हो ।
यो समूहमा फ्रान्स तीन खेलमा पाँच अंकसहित दोस्रो स्थानमा छ । नेदरल्याण्ड्स भने चार अंकसहित तेस्रो स्थानमा छ । पोल्याण्ड एक अंकसहित समूहको पुछारमा रहँदै बाहिरिएको छ । यसअघि फ्रान्स र पोल्याण्डले १-१ गोलको बराबरी खेलेका थिए ।
यस्तै, समूह सीअन्तर्गत अन्तिम चरणका दुवै खेल बराबरीमा सकिएका छन् । इंग्ल्याण्ड र स्लोभेनिया तथा डेनमार्क र सर्बियाले गोलरहित बराबरी खेलेका हुन् ।
यससँगै इंग्ल्याण्ड पाँच अंकका साथ समूह विजेताका रूपमा अन्तिम १६ मा पुगेको छ । डेनमार्क र स्लोभेनियाले पनि अन्तिम १६ मा स्थान बनाएका छन् । दुवै टोलीको समान तीन अंक छ । दुई अंक रहेको सर्बिया भने बाहिरिएको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच