काठमाडौं । आइसिसी टी-२० विश्वकप क्रिकेटमा आज(बिहीबार) सेमिफाइनल चरणका दुई खेल हुँदैछन् । सेमिफाइनलमा बिहान अफगानिस्तान र दक्षिण अफ्रिका भिड्नेछन् । दुई देशबीचको खेल नेपाली समयअनुसार बिहान सबा ६ बजे सुरु हुनेछ । अफगानिस्तान पहिलोपटक नकआउटमा पुगेको हो भने अफ्रिकाले १३ पटक सेमिफाइनल खेलेको छ तर हरेक पटक हारेको छ । यस्तै, साँझ दुई उपाधि दाबेदार भारत र इंग्ल्याण्ड भिड्नेछन् । दुई देशबीचको खेल नेपाली समयअनुसार साँझ सबा ८ बजे सुरु हुनेछ ।
भारतले सन् २०१३ यता आफ्नो ११औँ टुर्नामेन्ट खेल्दैछ । टोलीले १०औँ पटक नकआउट राउण्डमा स्थान बनाएको छ । तर, भारतले १०१४ पछि आइसिसी ट्रफी जित्न सकेको छैन । सन् २००७ मा भारतले पहिलोपटक टी-२० विश्वकप जितेको थियो । फाइनलमा पाकिस्तानलाई ५ रनले हराएर भारतले ट्रफी जितेको थियो ।
त्यसपछि टोलीले तीनपटक सेमिफाइनल र फाइनलसम्म खेलेको छ । तर, उपाधि जित्न सकेको छैन । सन् २०१४ मा भारतले सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराएको थियो तर फाइनलमा श्रीलंकासँग पराजित भयो । सन् २०१६ मा भारत आफ्नै घरेलु मैदानमा नकआउटमा पुग्यो तर सेमिफाइनलमा वेष्ट इण्डिजसँग पराजित भयो । सन् २०२२ मा टोली अन्तिम पटक नकआउटमा पुगेको थियो तर यसपटक इंग्ल्याण्डले १० विकेटले पराजित गरेको थियो । सन् २००९, २०१०, २०१२ र २०२१ मा टोलीले समूह चरण पनि पार गर्न सकेन ।
भारतले पछिल्लो पटक सन् २०११ मा एकदिवसीय विश्वकपको उपाधि जितेको थियो । त्यसयता भारतले थप तीनपटक एकदिवसीय विश्वकप खेलेको छ । प्रत्येक पटक टोली नकआउट चरणमा पुग्छ तर उपाधि जित्न सक्दैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच