झापा । जनता समाजवादी पार्टी नेपालकाे २१५ सदस्यीय केन्द्रीय समितिमा झापाका पाँच जनाले अवसर पाएका छन् ।
झापाबाट सो पार्टीको केन्द्रीय समितिमा गोमा भुसाल, राधा थापा, रंगलाल राजवंशी, लीलादेवी सिटौला र शशी लिङ्देन लिम्बूले स्थान पाउनु भएको हो ।
निर्वाचन प्रक्रिया स्थगित भएको एक महिनापछि अध्यक्ष यादवले २१५ सदस्यीय केन्द्रीय समिति चयन गर्नु भएको हो । पार्टीको विधानमा १५१ सदस्यीय समितिको व्यवस्था भएपनि यादवले २१५ सदस्यीय केन्द्रीय समिति चयन गर्नुभएको पार्टी प्रचार विभागले जनाएको छ ।
केन्द्रीय समितिलाई पार्टी अध्यक्ष उपेन्द्र यादवले असार अन्तिममा केन्द्रीय सदस्य मनोनयन गर्नु भएको हो । महाधिवेशन पछि पार्टी केन्द्रीय समितिका पदाधिकारी र सदस्य टुंगो लगाउने जिम्मेवारी हलले अध्यक्ष यादवलाई दिएपछि विधान मिच्ने बाटो खुलेको हो ।
सो पार्टीको केन्द्रीय समितिको निर्वाचन गर्न मो. समिम अखतर अली संयोजक रहेको निर्वाचन समितिले जेठ ३० गते उम्मेदवार मनोनयनको सूचना निकालेको थियो । सोही सूचना अनुसार १ सहअध्यक्ष ३ जना, ५ उपाध्यक्षमा २३ जना, २ महासचिवमा ६ जना र ३ उपमहासचिवमा १३ जनाले उम्मेदवारी दर्ता गर्नुभएको थियो।
त्यसैगरी ७ सचिवमा ३४ जना र १ कोषाध्यक्षमा ३ जनाको उम्मेदवारी परेको थियो । जेठ अन्तिम साता भएको महाधिवेशनले अध्यक्षमा यादवलाई निर्विरोध चयन गरेको थियो ।
अध्यक्ष छानेर सो पार्टीको महाधिवेशन रोकिएको थियो । पदाधिकारीमा आकांक्षी अधिक भएपछि महाधिवेशन हलले केन्द्रीय समिति चयन गर्ने अधिकार अध्यक्ष यादवलाई सुम्पेको थियो । अधिवेशन हलबाट अधिकार पाएपछि अध्यक्ष यादवले ९ सदस्यीय कार्यकारिणी समितिसमेत बनाउनु भएको छ ।
महाधिवेशन हलले सुम्पेको क्षेत्राधिकार भित्र रहेर अध्यक्ष यादवले पार्टीको केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय समिति चयन हरेको पार्टी प्रचार विभागको दाबी छ ।
समयमा महाधिवेशन नगराएको, अध्यक्ष यादवले स्वेच्छाचारी ढंगले पार्टी सञ्चालन गरेको लगायत आरोप लगाउँदै असन्तुष्ट अशोक राई पक्षले वैशाख २४ गते नै निर्वाचन आयोगमा जनता समाजवादी पार्टी (जसपा) दर्ता गराएको छ । फूटेर बनेको जसपा अहिले सरकारमा छ ।
पार्टी विभाजन भएर अर्को दल दर्ता भइसकेको एक महिनाभन्दा केही समयपछि जनकपुरमा जेठ २७, २८ र २९ गते भएको जसपा नेपालको महाधिवेशनले आन्तरिक निर्वाचन रोकेर अध्यक्ष यादवलाई केन्द्रीय समिति बनाउने विशेषाधिकार सुम्पेको थियो ।
त्यसबेला जसपा नेपालका केन्द्रीय सदस्यद्वय जनार्दनप्रसाद यादव र भीमबहादुर रायले पार्टी महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर समेत गर्नु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच