काठमाडौं । नेपाल क्लियरिङ हाउस (एनसिएचएल) र आइएमएस सफ्टवेयरबीच आइएमएसको बिलिङ सफ्टवेयरमा नेपाल पे क्युआर इन्टिग्रेटका लागि सम्झौता भएको छ । सम्झौता पत्रमा एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान र आइएमएसका प्रबन्ध निर्देशक सन्तोष ताम्राकारले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौतासँगै आइएमएसका ग्राहकले आफ्नो बिलिङ सफ्टवेयरमा नेपाल पे क्युआर इन्टिग्रेट गरी तोकिएको बैंक खातामा सोझै भुक्तानी गर्न सक्नेछन् । यस सेवाको सुरुवातसँगै आइएमएसका बिलिङ सफ्टवेयर प्रयोग गरी मर्चेन्टलाई नेपाल पे क्युआरमार्फत् सहज रूपमा भुक्तानी प्राप्त गर्ने सुविधाका साथै भुक्तानीकर्ताले पनि सजिलै आफ्नो मोबाइल बैंकिङ, वालेट वा कनेक्ट आइपिएसमार्फत् भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।
आइएमएस सफ्टवेयरले ग्राहकका लागि बिलिङ सफ्टवेयरका साथै सेल्स पिओएस सिस्टम पनि प्रदान गर्दै आएको छ । कम्पनीले विभिन्न क्षेत्र, रिटेल बिजनेस, मर्चेन्ट गरी नेपाल, भारत, मलेसिया र जापानलगायतका देशमा २० हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच